बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमा राखेको रकम सुरक्षित हुन्छ भन्ने सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । कोषले ‘काजीबाको रुपैँया’ नामक जनचेतनामुलक भिडियो प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाप्रति विश्वास गर्नुपर्छ, बचत गरेर भविष्य सुरक्षित गर्नुपर्छ, पैसाको कारोबार बैंकमार्फत मात्र गर्नु पर्दछ भन्ने सन्देश दिएको छ ।
भिडियोमा हरेक व्यक्तिले बैंकमा राखेको ५ लाखसम्मको निक्षेप पूर्ण सुरक्षित हुन्छ र बैंक डुबे पनि त्यो पैसा डुब्दैन भन्ने संदेश दिन खोजिएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भई सर्बसाधारणबाट निक्षेप संकलन गर्ने गरेका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तहरुमा ५ लाखसम्मको रकम पूर्ण रुपमा सुरक्षित हुन्छ भन्ने संदेश भिडियोले दिएको छ ।
भिडियो
प्रतिक्रिया