काठमाडौ – औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले आईपीओ जारी गरेको छ । कम्पनीले आज (फागुन २७ गते मंगलबार) देखि आईपिओ खुला गरेको हो । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
अनलाइन प्रणाली मेरोशेयरमार्फत न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । कम्पनीले अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन भएको हो । कम्पनीले यसअघि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ ।
जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता शेयर सर्वसाधारणमा जारी हुन लागेको हो। जसमध्ये १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ। विभिन्न एलोपेथिक औषधि उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी जम्मा ९८ पैसा छ।



About Us
प्रतिक्रिया