बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिई उपभोग गर्ने प्रवृति बढेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आ.व २०७८/७९ मा ६७ खर्ब ४८ करोडमा बैंक तथा वित्तिय संस्थाबाट उपभोगमा खर्च गर्ने १८ प्रतिशत कर्जा प्रवाह रहेको तथ्यांकमा देखिएको छ ।
त्यस्तै, अघिल्लो आ.व २०७७/७८ को तथ्यांकमा वाणिज्य बैंकको कर्जा लगानी बाट कर्जा लिएर उपभोग २ खर्ब ३३ अर्ब रहेको थियो । जुन दुई बर्ष अघि उपभोगमा खर्च ३.७७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले जनाएको छ ।
नियमककारी नेपाल राष्ट्र बैंकहरुलाई सिडि रेसियो (कर्जा निक्षेप अनुपात) ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएको छ । तर तथ्यांक हेर्दा बैंकहरुको सिडि रेसियो बोर्डर लाइनमै सिमित छ । यसको अर्थ बैंकहरुमा उल्लेखनिय रुपमा निक्षेप बढेको छैन । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ४४ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरी ४१ खर्ब ७५ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका थिए । त्यसयता अधिकांश वाणिज्य बैंकहरुको नयाँ कर्जा प्रवाह घटाउँदै गएको भएपनि उपभोगमा भने कर्जाको मात्रा बढ्दै गईरहेको छ ।
चालु आ.वको पहिलो महिनामा उपभोगमा खर्च सवारीसाधन, घरजग्गा, सुन–चाँदी मुद्दती निक्षेप धितो, ग्यारेन्टी बन्ड, क्रेडिट कार्ड लगायतका कर्जालाई उपभोग शिर्षकमा राख्ने गरिन्छ । बैंशाख १३ बाट सरकारले विदेशी विनिमय सञ्चिति कम भएको भन्दै बिलासिताको वस्तुमा रोक लगाएको भएपनि आयातमा भने कमी आएको छैन । जसले गर्दा बिलासिताको क्षेत्रमा भने कर्जा प्रवाह गरिरहेको छन् ।
चालु आ.वको साउनमा मात्रै उपभोग कर्जामा बैंक तथा वित्तिय संस्थाले ५ अर्ब ५१ करोड रुपैंया भन्दा बढी कर्जा प्रवाह भएको छ । आयात केन्द्रित अर्थतन्त्र भएको मुलुकमा यो एक समस्याको रुपमा रहेको छ । जसले गर्दा उपभोग प्रणालीकै कारण यस्तो कर्जाको आकार ठुलो हुने गरेको छ ।
रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रलाई कोभिडपछि भने रेमिट्यान्समा पनि कमी आएपछि भने बैंक तथा वित्तिय संस्थामा स्रोतको अभाव भएको हो ।
माछापालनकै लागि १३ अर्ब २३ करोड कर्जा प्रवाह, घरजग्गामा १ महिनामै १२ अर्ब भन्दा बढी कर्जा
०७६ असारबाट ०७९ असारसम्म आइपुग्दा बैंक तथा वित्तिय संस्थाहरुले घरजग्गा क्षेत्रमा (व्यक्तिगत घरकर्जासहित) १२ अर्ब भन्दा बढि कर्जा लगानी गरेका छन । ३ वर्ष भन्दा अगाडी ३ खर्ब ८४ अर्ब देखि लगानी गरेका थिए भने अहिले त्यस्तो कर्जा रकम बढेर ५ खर्ब ६६ अर्ब पुगेको छ । यो बैंक तथा वित्तीय संस्थाको कुल कर्जाको १२ प्रतिशत हो । साउनमा मात्रै १२ अर्ब ६२ करोड घरजग्गा क्षेत्रमा लगानी भएको छ ।
त्यसबाहेक ओभरड्राफ्ट र अन्य शीर्षकमा लिएका ऋणको ठूलो हिस्सा पनि घरजग्गा क्षेत्रमा जान्छ । राष्ट’ बैंकबाट क, ख, र ग वर्गका इजाजत प्राप्त संस्थाहरूले गरेको कर्जा प्रवाहमा माछापालनकै लागि मात्रै १३ अर्ब २३ करोड रुपैँया कर्जा प्रवाह भएको देखिन्छ । यो आर्थिक वर्ष ०७८–७९ को असार मसान्तसम्मको तथ्याङक हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७र७८ मा माछापालनका लागि आठ अर्ब ९५ करोड हाराहारीमा कर्जा प्रवाह भएको थियो । तर, गत आवको सोही अवधिमा यो १३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कृषि तथा वनसम्बन्धी क्षेत्रमा ३ खर्ब ३७ अर्ब कर्जा प्रवाह भएको छ ।
प्रतिक्रिया