बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% केबिएल डिबेन्चर २०८९’ को बाँडफाँड सम्पन्न भएको छ ।
उक्त डिबेन्चरमा व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको थियो । सो डिबेन्चर शुक्रबार ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।
बैंकले १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेको थियो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिएको थियो ।
प्रतिक्रिया