बीमामा ‘करियर’ बनाउन भारतदेखि नेपाल: ओरियन्टल इन्स्योरेन्समा नेतृत्वदायी भूमिकामा

बीमामा ‘करियर’ बनाउन भारतदेखि नेपाल: ओरियन्टल इन्स्योरेन्समा नेतृत्वदायी भूमिकामा

‘नेतृत्वमा महिला र पुरुषलाई भिन्न चुनौती हुँदैन’

नमुना के. सी.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय बीमा उद्योगमा महिलाहरूको उपस्थिति न्यून थियो । तर, पछिल्ला दिनहरूमा बीमा क्षेत्रमा महिला सहभागिता बढ्दाे क्रममा छ । महिलालाई रोजगारीका लागि सजिलो, सहज र पेसागत सुरक्षा हुने भएकाले बीमा क्षेत्रमा सहभागिता बढिरहेको छ । ‘काम गर्न खोज्दा महिलालाई मात्र चुनौती हुन्छ भन्ने कुरा नै गलत हो भन्न सकिन्छ,’ भन्छिन् ओरिएन्टल इन्स्योरेन्सकी नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) सिरीशा मारूजोल्ला।

भारतको हैदरावाद जन्मेकी उनी बाल्यकालमा एकदमै जेहनदार विद्यार्थीमा पर्थिन् । कलेजकी ‘टपर’समेत रहेकी सिरिसा सुरुमा ‘सीए’ पढेर सङ्काय परिवर्तन गर्दै उनले ‘मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन’ गरेकी छिन् । पढाइसँगै अन्य क्रियाकलापमा पनि उत्तिकै उत्कृष्ट थिइन् उनी । उनको परिवारमा आमा र बुबासहित भाइ तथा बहिनी गरी कूल पाँच जना थिए। उनको बुबा भने एसबीआई बैंकका ‘चिफ म्यानेजर’ हुन् ।

भारतबाट नेपाल सिफट्ः बीमा क्षेत्रमा लिडिङ्ग रोलमा

उनले सीए पढ्दापढ्दै विभिन्न बैंकिङ्ग तथा बीमा क्षेत्रको लिखित परीक्षामा सहभागिता जनाउने गर्थिन् । उनको बुबा पनि ‘बैंकिङ्ग सेक्टर’मा भएका कारण उनलाई सहज पनि थियो । भारतकै विभिन्न बैङ्कबाट पनि उनलाई रोजगारीको अवसर मिले पनि उनले मातृभूमि नै रोजिन र ओरिएन्टल बीमा कम्पनीमा नाम निकालेर नेपालमा रोजगारी सुरु गरिन् ।

उनले भारतको ओरियन्टल इन्स्योरेन्सको लगानी रहेको नेपालको ओरियन्टल इन्स्योरेन्स छ । जसमा अहिले उनी ‘लिडर’को भूमिकामा छिन् । नेपालको बीमा कम्पनीहरू महिलाका लागि उत्कृष्ट ‘प्लेटफर्म’ भएको उनको भनाई छ । ‘काम गर्नका लागि देश, भाषा, परिवेशभन्दा पनि इमानदारिता महत्त्वपूर्ण हो,’ उनले बैंकिङ्ग समाचारसँग भनिन्, ‘नेपालको बीमा क्षेत्र भारतको तुलनामा सानो भए पनि बढी समावेशिता रहेको छ ।’ भारतीय मूलकी भए पनि उनलाई नेपालमा काम गर्न सहज र उत्कृष्ट भइरहेको बताउँछिन् ।

‘नेतृत्वमा महिला र पुरुषलाई भिन्न चुनौती हुँदैन’

भारतीय भूमिबाट नेपाल छिरेर बीमामा ‘लिडर’को भूमिका सिरिसालाई चुनौती भएन भन्न सकिँदैन । तर, उनी त्यो सबै कुरालाई चुनौतीकोरुपमा पनि लिँदिनन् । उनी महिला र पुरुषको चुनौती फरक नहुने धारणा राख्छिन् । ‘महिला भएर चुनौती बढी हुने घटी हुने भन्ने हुँदैन विशेष कसरी यसलाई आफूले सामना गर्ने भन्ने कुरामा निर्भर रहन्छ । महिलाहरू पुरुष भन्दा कम छैनन्,’ उनी भन्छिन् ।

‘बीमा कम्पनीले भुक्तानी दिँदैनन् भन्नु गलत’
सुरुवाती दिनमा उनले पनि बीमा क्षेत्रमा काम गर्ने क्रममा बीमा कम्पनीहरूको विषयमा धेरै गलत कुरा सुन्थिन् । बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन्, प्रिमियम मात्र लिन्छन् लगायत नकारात्मक विषय धेरै नै सुनिन् । ‘मैले यो क्षेत्रमा काम गर्न थालेपछि सबै आरोप र भ्रम मात्र रहेछ भन्ने थाहा भयो,’ उनले भनिन्, ‘बीमा कम्पनीहरूको पनि आफ्नो नियम कानुन हुन्छ । जून, केही केसहरूमा बीमितहरुले नबुझेर यस्तो आरोप फैलिएको भान भयो ।’

यो क्षेत्रमा काम गर्दा एकदमै राम्रो अनुभव बटुलेको उनको भनाई छ । एउटा बीमक भएको हिसाबले बीमितहरुलाई उनीहरूको समस्यामा सहयोग गर्न पाउँदा अत्यन्तै गर्व लाग्ने उनले जिकिर गरिन् । भारतको बीमा क्षेत्र र नेपालको बीमा क्षेत्रमा के कस्तो फरक पाउनु भयो भन्ने प्रश्नमा खासै फरक नरहेको उनको भनाई छ । भारतको बजार ठुलो भएता पनि नेपालको बीमा क्षेत्रको आगामी दिनमा राम्रो भविष्य रहेको बैंकिङ्ग समाचार सँग कुरा गर्दै उनले भनिन् ।

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)