संविधान दिवसः ५ बैंकर विभूषित, नबिल र एनएमबि बैंकका सिईओलाई प्रबल जनसेवाश्री

संविधान दिवसः ५ बैंकर विभूषित, नबिल र एनएमबि बैंकका सिईओलाई प्रबल जनसेवाश्री

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सरकारले नबिल बैंक र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई संविधान दिवसका अवसरमा विभूषित गरेको छ ।

भर्खरै मात्रै नबिलसँग एकिकृत कारोबार गरेको तत्कालिन नेपाल बंगलादेशका सिइओ समेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीलाई सरकारले विभूषित गरेको हो । सरकारले उनीहरुलाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गर्ने भएको हो । 

त्यस्तै, तीन जना बैंकरले राष्ट्र यशोवर्द्धक पदवी पाएका छन् । बैंकरहरू मनिराम पोख्रेल, दिनेश थकाली र रुकमिणाकुमारी ज्ञवालीले राष्ट्र यशोवर्द्धक पाएका हुन् । यसका साथै  सुकिर्तिमय राष्ट्रदीप पदकबाट उद्योगी पशुपति मुरारका र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सम्मानित भएका हुन् । मुरारका महासंघका पूर्व अध्यक्ष हुन् भने ढकाल आगामी अध्यक्ष हुन् । 

राष्ट्रपतिबाट हरेक वर्ष संविधान दिवसका दिन विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई मानपदवी घोषणा गरिन्छ ।

\"\"