बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रा.लि. बिच मिति २०७९/०६/०२ नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (privilege Card) होल्डरहरुलाई होटल स्टार चितवन प्रा.लि.ले प्रदान गर्ने सेवा सुबिधामा बिषेश छुट दिने सम्झौता सम्पत्र भएको छ ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवन प्रा.लि.का अध्यक्ष भेषराज दुवाडी ले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड (privilege Card) होल्डरहरुले होटल स्टार चितवन प्रा.लि.को सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन् ।
बैंकले बिभित्र बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई बिभित्र मापदण्डको आधारमा बिशेषधिकार कार्ड (privilege Card) उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटल वाट लिने सेवामा छुट लिन सक्ने छन् । यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको ब्यावसायिक सम्बन्ध तथा ब्यावसाय सुदृढ हुने बिश्वास बैंकले लिएको छ । बैंकका बिशेषधिकार कार्ड (privilege Card) होल्डरहरुलाई होटलले प्रदान गरेको छुट सुबिधामा बैंक प्रशत्रता ब्यक्त गर्दछ ।
प्रतिक्रिया