बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौंका मध्ये भागमा रहेको टुकुचा खोला निल्ने लक्ष्मी बैंक सहितका करिब ८८ ओटा भवन महानगरले भत्काउन लागेको छ । जसको सुभारम्भ जय नेपाल हलबाट सुरु भएको छ भने, लक्ष्मी बैंकलाई पनि भत्काइरहेको छ । काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुदै बागमती तर्फ बग्ने टुकुचा खोलाको करिब ५ सय मिटर खण्डमा पर्ने टुकुचा खोला नक्सा बाटै गाएब भएको बर्षे बितेको छ । यस विषयमा बोल्दै महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे भन्छन, ‘काठमाडौं महानगरमहानगरले शनिबार खोतल्दा बैंकबाहिरपट्टि खोला भेटिएको छ, खोलाको पूरा भाग खाली गर्न बैंक तथा आसपासका संरचना हटाउनुपर्ने हुन्छ । पहिलो चरणमा जयनेपाल हलदेखि कमलादीसम्मकै भाग खाली गराउने योजनामा हामी छौं ।’
टुकुचा खोलामाथी ठुला–ठुला व्यापारिक भवनहरु निर्माण भएको छ । यहाँ ब्यापारिक भवनदेखि बैंक, रेष्टुरेन्ट लगायतको संरचनाहरु निर्माण भएको छ । काठमाडौं महानगरपालिकाले लक्ष्मी बैंकलगायतलाई खोला माथि घर नबनाउन नरोको भने होइन । तत्कालिन मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालको अन्तिम समयमा लक्ष्मी बैंकलाई भवन नबनाउन निर्देशन दिएको थियो, तर महानगरको निर्देशनलाई वास्तै नगरि लक्ष्मीले टुकुचालाई नै छोपेर भवन बनाउने कार्यलाई लक्ष्मी बैंकले निरन्तरता दियो । महानगरले भवन भनिसकेपछि पनि भत्काउन निर्देशन दिएको थियो ।
पूर्वमेयर विद्यासुन्दर शाक्यले लक्ष्मी बैंकले बनाएको उक्त भवन भत्काउन निर्देशन दिएको भएपनि लक्ष्मी बैंकले महानगरको निर्देशनलाई टेरेन ।लक्ष्मी बैंकको उक्त कार्यप्रति जनमानमा भने नराम्रो सन्देश गएको छ । पैसाको दम्भमा हुने खानेले जे गरेपनि हुने रहेछ भन्दै लक्ष्मी बैंकको आलोचना भईरहेको छ । हुने खानेले बाटो, खोला, कुलो, पैनी, जंगललगायतको सार्वजनिक क्षेत्रमा आफ्नो सामराज्य खडा गर्न सक्ने उदाहरण बनेको छ लक्ष्मी बैंक ।
खेताङ्ग ग्रुपको लगानी रहेको उक्त बैंकले सार्वजनिक जग्गामा नै केन्द्रिय कार्यालय खडा गरेर टुकुचा खोला निलेको हो । टुकुचा खोलाको जग्गामा आखा लाउने लक्ष्मी बैंक मात्रै होइन करिब ८८ वटा संरचना भएको घर मालिकले पनि आखा लगाएका छन् । राजनीतिक पहुँचकै भरमा सार्वजनिक सम्पत्ति निल्ने यी व्यक्तिहरुलाई अहिले भने निकै गाह्रो भईरहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)ले निर्वाचनको घोषणा पत्रमा नै सार्वजनिक जग्गा मिचेको संरचना हटाई पुरानै शैलीमा टुकुचा खोलालाई बग्ने बनाउने घोषणा गरेसँगै उनले एक्सन लिन सुरु गरिसकेको कारण टुकुचा निलेको घरधनीहरु समस्यामा परेका छन् । १० रोपनी भन्दा बढी टुकुचा खोलाको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । जसले गर्दा टुकुचा खोला ती संरचना भित्र बाट बग्न बाध्य भएको हो ।
भुमी सम्बन्धी ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोला कसैले छोप्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । यदि कसैले हडपेको वा मिचेको भए खोला पूर्ववत् अवस्थामै फर्काउनुपर्छ व्यवस्था रहेको छ ।
प्रतिक्रिया