बैंकिङ्गसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभा पेश गर्दै अर्थमन्त्री


काठमाडौं – अर्थमन्त्रालयले आज राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभामा बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी विधेयक पेश गर्ने भएको छ । उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज १२ बजेदेखि सुरु हुने राष्ट्रिय सभामा यो विधेयक पेश गर्ने भएका हुन् ।

यस्तै, अर्थमन्त्री पौडेलले राष्ट्रिय सभामा सुरक्षित कारोबार सम्बन्धी विधेयक समेत पेश गर्नेछन् । यी विधेयकमाथि विगत लामो समयदेखि प्रतिनिधिसभाको बैठकमा छलफल भइरहेको थियो । प्रतिनिधिसभापछि राष्ट्रिय सभामा पेश हुन लागेको हो ।