काठमाडौं – आज शेयर बजार परिसूचकमा मौद्रिक नीति समिक्षाको प्रभाव देखिँदा बैंकिङ्ग समूहमा सबैभन्दा धेरै वृद्धि आएको छ । कारोबार खुलेदेखि नै बढ्न सुरु गरेको नेप्से परिसूचक अन्तिमसम्ममा ४९.१५ अंकले बढेर बन्द भएको शेयर बजारमा सबैभन्दा धेरै बैंकिङ्ग समूह बढेको हो ।
यो समूह आज ३.३२ प्रतिशत बढेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै बढेको यो समूह ४६ अंकले बढेर १४ सय ३१ अंकमा पुगेको छ । यस्तै, आज विकास बैंक समूहमा समेत डेढ प्रतिशतको वृद्धि आएको छ ।
यससँगै, ८६ अंकले बढेको विकास बैंक समूहको सूचक ५७ सय ३१ अंक पुगेर रोकिएको छ । यता प्रतिशतका आधारमा सबैभन्दा धेरै बढेको बैंकिङ्ग समूहमा सबै १९ वटै कम्पनीको मूल्य बढेको छ । यो कारोबारमा आएका सबै कम्पनीको मूल्यमा आएको वृद्धि हो ।
यसक्रममा आज एनआईसी एसिया बैंक सबैभन्दा धेरै ६ प्रतिशत बढेको छ । यस्तै, हिमालयन बैंक ५ प्रतिशत बढ्दा प्रभु र ग्लोबल आईएमई बैंक समान ४–४ प्रतिशत बढेको छ । यसबाहेक, अन्य बैंकको समेत मूल्य बढेको छ ।



About Us
प्रतिक्रिया