काठमाडौं – अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारी खर्च र राजस्व परिचालनमा सुधार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले नेपाल सरकारको खर्च र राजश्व परिचालन सुधार भइरहेको जनाएको हो ।
‘नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा संघीय सरकारको कुल खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ । यस अवधिमा नेपाल सरकारको ७ खर्ब ५४ अर्ब ८५ करोडको कुल खर्चमध्ये चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड रुपैयाँ, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च १६३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा संघीय सरकारको राजस्व परिचालन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढेको छ । यस अवधिमा ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ राजस्व परिचालन भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ५६७ अर्ब ४० करोड रुपैयाा राजस्व परिचालन भएको थियो । नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा २ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ आन्तरिक ऋण र ६१ अर्ब ४२ करोड रुपैयाँ बह्य ऋण गरी नेपाल सरकारले कुल २ खर्ब ९० अर्ब ५८ करोड रुपैयाँ ऋण परिचालन गरेको छ ।



About Us
प्रतिक्रिया