नेप्सेको प्रमुखको पदावधि सकिँदै, नयाँ नियुक्तीका लागि बन्यो तीन सदस्यीय समिति


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । यस्तै, यो समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा।खोमराज खरेल छन् ।

नेप्सेका प्रमुख कार्यकारी कृष्णबहादुर कार्कीको पदावधि सकिँदैछ । यसपछि, नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीका लागि मन्त्रालयले काम अघि बढाएको हो ।