४७ खर्ब ४० अर्ब कर्जा प्रवाह हुँदा आधाभन्दा बढि मारवाडी व्यापारिकै कब्जामा, नेपाली व्यवसायीलाई ऋण लिनै चुनौती 

४७ खर्ब ४० अर्ब कर्जा प्रवाह हुँदा आधाभन्दा बढि मारवाडी व्यापारिकै कब्जामा, नेपाली व्यवसायीलाई ऋण लिनै चुनौती 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
यतीबेला निक्षेप अभावका बाबजुद पनि बैंकहरु बिजनेस बढाउनमा जोड गरेको देखिन्छ । बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह हो । राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले ५० खर्ब ४० अर्ब ७१ करोड डिपोजिट उठाएका छन । यस्तै बैंक तथा वित्तिय संस्थाहरुले ४७ खर्ब १४ अर्ब ४४ करोड कर्जा प्रवाह गरेका छन । ४७ खर्ब भन्दा बढि कर्जा प्रवाह गरेका बैंक तथा वित्तिय संस्थाहरु नाफामुखी बन्दा भविष्यमा ठुला आर्थिक संकटको अवस्था आउनसक्ने अर्थविद्धहरु बताउँछन । घरजग्गा कारोबार गर्ने अधिकांश व्यक्तिले बैंक वा फाइनान्समा लगानी गरेका छन् । आफन्तका नाममा कर्जा दिई घुमाउरो पाराले आफ्नो व्यवसायमा खन्याउने र व्यवसाय डुब्दै गएपछि ज–जसका नाममा ऋण निकालिएको थियो, उनीहरूलाई सम्पर्कविहीन बनाउँदै जाने  नेपालमा रहेका ठुला व्यापारिक समूहरुको चलनै हो ।  

यही प्रसंग उठाउँदै लक्ष्मी बैंकको संचालक समेत रहेका ग्लोबल इक्वीटी फण्ड नामक संस्थाका कार्यकारी निर्देशक डा.मनिष थापाले नेपालमा कर्जा लगानी त बढेको तर वास्तवीक ठाउँमा नपुगेको कुरा स्वीकार्छन । कृषि कर्जा र राष्ट्र बैंकबाट प्रवाह गरिने सहुलियतपूर्ण कर्जाको उदाहरण दिँदै उनले कृषि कर्जा वास्तविक किसानकै हातमा नपुगेको जिकिर गर्छन । नेपाल राष्ट्र बैंकले आफ्नो नितिमै समावेश गरेको महिला उद्यमीको नाममा प्रवाह हुने १५ लाखसम्मको विनाधितो कर्जामै केही व्यापारिक घरानका बैंक सञ्चालकहरुबाटै दुरुपयोग भएको उनी स्वीकार्छन । कतिपय बैंकहरुले व्यापारी र दलालका आँखा झिम्क्याएकै भरमा कर्जा दिने र आफुखुशी बढेको जग्गाको मूल्यमा केही चेकजाँचै नगरी धितोमा कर्जा दिने नियतीले मुलुकको अर्थतन्त्रमै समस्या निम्तिन सक्ने चेतावनी बेला बेलामा केही अर्थशात्रीहरुले दिइरहन्छन । कुल ४७ खर्ब १४ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तिय संस्थाहरुले जथाभावि रुपमा कर्जा प्रवाह गर्दा समग्र देशको अर्थतन्त्र नै संकटमा पर्ने सम्भावनाको प्रक्षेपण गर्न सकिन्छ । 

एनएमबी बैंकमा मुरारका, अग्रवाल, राठी, गोयल, जैन लगायतको लगानी छ। त्यस्तै, कमर्ज एन्ड ट्रस्टमा मारवाडी परिवारको ७ प्रतिशत लगानी छ। एनआईसी एशियामा अध्यक्ष जगदीश अग्रवाल सहित ६ सदस्य र लक्ष्मी बैंकमा अध्यक्ष राजेन्द्र खेतान सहित ४ सदस्य मारवाडी छन्। प्राइम र कुमारी बैकमा केएल दुगड समूहको संस्थापक शेयर छ। ग्लोबल बैंकमा मारवाडी परिवारको ७ प्रतिशत लगानी छ भने लुम्बिनी बैंकमा ५ प्रतिशत लगानी छ । नेपाल इन्भेष्टमेन्ट, मेगा लगायतका बैंकहरूमा पनि मारवाडीहरूको लगानी छ । 

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको देखिन्छ । 

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको देखिएको छ ।

\"\"

कुन क्षेत्रमा कति लगानी ?

कृषिः ३.८८ खर्ब
उपभोग्य क्षेत्रः  ८ खर्ब ६७ अर्ब
फाइनान्स तथा बीमाः ३ खर्ब ७५ अर्ब
सेवा क्षेत्रः ३ खर्ब ९३ अर्ब
खानी उत्खनन: ८.७८ अर्ब
उत्पादन क्षेत्र: ६.९५ खर्ब
निर्माण: १.९० खर्ब
मेटल उत्पादन, मेसिनरी तथा विद्युत उपकरण: ७२ अर्ब
यातायात इक्विपमेन्ट: ५५ अर्ब
यातायात, सञ्चार क्षेत्र: २ खर्ब ९२
होलसेल तथा रिटेल: ९ खर्ब ४७ अर्ब 
स्थानीय सरकार: १५ करोड
अन्य क्षेत्र: ७ खर्ब २७ अर्ब

आधाभन्दा बढि कर्जा मारवाडी ब्यापारिक घरानको कब्जामा 

नेपालमा मारवाडी समुहको ब्यापार र व्यवसाय अत्याधिक छ । विगत केही समयअघि अभियान्ता ज्ञानेन्द्र शाहीले नेपालको ९० प्रतिशत अर्थतन्त्र चौधरी समूह,गोल्छा, विशाल समूह, टीएम दुगड समूह, मुरारका, एमसी समूह र केडिया, एमएस समूह, गोयल समूह, तातेड परिवार, मदनलाल–चिरञ्जीलाल समूह, राठी, गोयल, जैन, संघाई र अग्रवाल समूह, खेतान परिवार, शंकरलाल अग्रवाल, जगदीश अग्रवाल र पवनकुमार भिमसरिया, निरन्जनकुमार टिबरेवाला र मनोजकुमार अग्रवाल लगायतका समूहले मात्रै ओगटेको बताएका थिए । उनले अझैपनि नेपालको उत्पादनदेखि सेवा क्षेत्र, बैंक तथा वित्तीय एवं पूँजीबजारसम्म मारवाडीहरुको साम्राज्य नै फैलिएको जिकिर गर्छन । नेपालका निजी बैंकहरुमा मारवाडी समुदायको आधिपत्य नै छ भन्दा फरक नपर्ला । सनराइज, एनआईसी एशिया, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकमा ६० प्रतिशतभन्दा बढी, नबिल बैंकमा ५३ प्रतिशत, कुमारी र सिभिल बैंकमा १५ प्रतिशत, नेपाल बैंकमा २० प्रतिशत मारवाडीहरुकै लगानी छ । 

एसबीआईमा ५५ प्रतिशत शेयर रहेको नेपाल एसबीआई बैंक निरन्जनकुमार टिबरेवाला र मनोजकुमार अग्रवाल सञ्चालक छन् । कुमारी बैंकमा शारडा परिवार प्रवर्द्धक छ । यो बैंकमा मुरारका, दुगड, गोयल समूहको पनि लगानी छ । टीएम दुगड परिवारको २४ प्रतिशत एकमुष्ट शेयर रहेको सनराइज बैंकमा गोयल परिवारको १० प्रतिशत शेयर छ भने अग्रवाल, शारडा र तातेड परिवारको पनि ठूलै लगानी छ । मदनलाल–चिरञ्जीलाल समूहको २२ प्रतिशत शेयर रहेको सिद्धार्थ बैंकमा केडिया समूहको पनि लगानी छ। एनएमबी बैंकमा मुरारका, अग्रवाल, राठी, गोयल, जैन लगायतको लगानी छ। त्यस्तै, कमर्ज एन्ड ट्रस्टमा मारवाडी परिवारको ७ प्रतिशत लगानी छ। एनआईसी एशियामा अध्यक्ष जगदीश अग्रवाल सहित ६ सदस्य र लक्ष्मी बैंकमा अध्यक्ष राजेन्द्र खेतान सहित ४ सदस्य मारवाडी छन्। प्राइम र कुमारी बैकमा केएल दुगड समूहको संस्थापक शेयर छ। ग्लोबल बैंकमा मारवाडी परिवारको ७ प्रतिशत लगानी छ भने लुम्बिनी बैंकमा ५ प्रतिशत लगानी छ । नेपाल इन्भेष्टमेन्ट, मेगा लगायतका बैंकहरूमा पनि मारवाडीहरूको लगानी छ । 

 

बास्तवमा कसैलाई तितो लाग्न सक्छ तर यथार्थ यहि हो covid -19 बेला नेपालका धनीहरुले १ प्रतिशात सम्पत्ति पनि दान गरेनन…

Posted by Gyanendra Shahi on Sunday, March 21, 2021

२३ बीमा कम्पनीमध्ये ११ वटामा मारवाडी समुदायको मुख्य लगानी छ। अन्य कम्पनीमा पनि उनीहरूको धेरथोर लगानी छ।  खाद्य उद्योगमा त मारवाडीहरूको एकाधिकार नै छ भन्दा हुन्छ । वनस्पति, घ्यू, तेल, फास्ट मुभिङ कन्जुमर गुड्स, मसला, दाल, मैदा बिस्कुट आदि उत्पादन गर्ने अधिकांश कम्पनी मारवाडीका छन्। वनस्पति घ्यू र तेलका ठूला १६ वटै कम्पनी मारवाडीको स्वामित्वमा छन्। बिस्कुट र चाउचाउका सबै नामी ब्रान्ड मारवाडीहरूकै हुन्। फलाम, स्टील, पाइप र अल्मुनियम अन्तर्गतका २२ एसोसिएट सदस्यमध्ये ९ मारवाडी समुदायका छन्। स्टीलनेस स्टीलका ९ मध्ये ६ वटा कम्पनी मारवाडी व्यवसायीका छन ।  

यसरी बैंक तथा वित्तिय संस्थाहरुको शेयर नै आफ्नो कब्जामा राखेका मारवाणी समूहरुले आफैंले व्यवसाय खोल्ने र सोही बैंकहरुबाट कर्जा लिने प्रवृत्तिले नेपालको अर्थतन्त्र नेपालीको हातमै नरहेको पुष्टि हुन्छ । तिनै ब्यापारिक समुहको वरपर त्यही बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्ने गरेको पाइन्छ । कुनै ठुला व्यापारिक घरानले गर्ने ठुला ठुला विजनेसमा बैंकहरु पैसा लगाउन मायिर छन । त्यसैले पनि बैंकहरु कतै आफ्नो उद्देश्यबाट बिमुख भएर पैसा कमाउन लागेका त होइनन भन्ने प्रश्न पनि बेलावखतमा उब्जन्छ । 

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृतले भने बैंकहरुले दिने कर्जाका विषयमा फरक तर्क गर्छन । उनी भन्छन, ‘पैसा भएका र ब्यापार गर्नेहरुले नै बैंकबाट कर्जा लिने हो । नेपालका बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकको पालना गरेर लगानी गर्छन । राष्ट्र बैंकले विभिन्न शिर्षकमा कर्जा लगानीको सिमा तोकिदिएको छ । सोही अनुसार नै लगानी गरिरहेका छन ।’ तर वास्तविकता भने फरक देखिन्छ । 

नेपाली व्यवसायीलाई कर्जा लिनै चुनौती 

बैंक तथा वित्तिय संस्थाहरुको मुख्य काम कर्जा प्रवाह हो । मुलुकमा भएका उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्ने र आन्तरिक उत्पादन बढाउने काम बैंकहरुको पनि हुन्छ । उद्यमी बन्न चाहनेहरुको लागि कर्जामा सहुलियत दिने काम सरकारको र बैंक दुवैको दायित्व हो । व्यावसायिकताका लागि बिमा, अनुदान, सहुलियत कर्जा र शैक्षिक प्रमाणपत्रकै आधारमा ऋण दिने प्रचारमुखी कार्यक्रम सरकारले ल्याएको छ । तर उद्यमी तथा किसानको आम्दानी प्रमाणित गर्ने संयन्त्र बनाउने तिर चाहिँ केन्द्रदेखि स्थानीय सरकारसम्मको ध्यान नगएको थुप्रै व्यवसायीहरु बताउँछन ।

नगर तथा गाउँपालिकाले पनि कानुन बनाएर यससम्बन्धी व्यवस्था गर्न नसकेको उनीहरुको ठमम्याई छ । अझ कृषि कर्जामा त झनै समस्या देखिन्छ । कुल गार्हस्थ उत्पादनको ठूलो हिस्सा कृषिले ओगट्ने र बहुसंख्यक नागरिक कृषिमा निर्भर भए पनि किसानको नियमित आम्दानी प्रमाणित अगर्ने कुनै निकाय नहुँदा किसानलाई बैंकबाट ऋण अत्यन्तै मुस्किल र झनझट छ । कर्जा लिन बैंकले धितो खोज्छ । तर गरिबसँग धितो हुँदैन । यस्तोमा बैंकहरुले आफ्नो लगानी डुब्ने डरले लगानी गर्न नचाहेको कुरा यथार्थ हो । एक उद्यमी प्रतिभा भन्छिन्, ‘सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहनका लागि नीतिनियम ल्याए पनि कार्यन्वयनमा समस्या छ ।’ सरकारले ५ वर्षका लागि १५ लाख रुपैयाँ ६ प्रतिशतमा सहुलियत अनुदान कर्जा दिए पनि बैंकले दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ । उद्यमी बैंकमा सहुलियत कर्जा लिन जाँदा अनावश्यक कागजपत्र माग र फाइल एकै ठाउँमा महिना दिनसम्म राख्ने र दुःख दिने काम भएको थुप्रै उद्यमी तथा व्यवसायीहरुको गुनासो छ । सहुलियत ऋणका लागि समूहमा जाँदा पनि सहज नभएको उनीहरुको तर्क छ ।

\"\"