मुक्तिनाथ विकास बैंकः गाउँबाट ओर्लेर हजारौंलाई रोजगारी 

मुक्तिनाथ विकास बैंकः गाउँबाट ओर्लेर हजारौंलाई रोजगारी 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
जीवन निर्वाहका लागि मानिसहरुले जस्तोसुकै परिश्रम पनि गरेको देखिन्छ । बढ्दो वेरोजगारीको अवस्थामा सबैलाई आफ्नो परिवारको लालनपालन र शिक्षा, स्वास्थ्यको लागि नगद जुटाउन मिहनेत गर्नै पर्छ । शहरबजार, हुनेखाने र सम्पन्न वर्गका लागि मात्रै होइछ भन्ने मानिसहरुले औंल्याएका छन । यहाँ हजारौं  मानिसहरु दुई छाक टार्नकै लागि संघर्ष गरिरहेका छन् । राज्यले रोजगारीको वातावरण सिर्जना गर्न असक्षम बन्दै गइरहेको छ । युवा विदेशिने क्रम रोकिने अवस्थामै छैन ।  आफैले कुनै व्यापार, व्यवसाय गर्न ठूलो लगानी नभएका निम्न वर्गीय मानिसहरुका लागि यो मुलुकमा यती धेरै चुनौती छन की सोच्नै सकिँदैन ।

काम पनि सजिलै नपाइने, सानो लगानीमा केही गर्न पनि नसकिने । यो कटु यथार्थलाई आत्मसाथ गर्दै मुक्तीनाथ विकास बैंकले जनतामूखी सेवासूविधा ल्याउँदै साना–साना व्यवसायीहरुलाई सफल र ठुला व्यापारी बनाउन सक्दो प्रयास गरिरहेको छ । जनता बैंकमा होइन बैंक जनतामा जानुपर्दछ भन्ने मुक्तीनाथ विकास बैंकको मुख्य नारा नै छ । बैंकले  गुजारा गरिरहेका आम नागरिकको दुःखमा बलियो साथ दिएको छ । सानो लगानीले सडकका गल्ली र चोकहरुमा बसेर चिया बेच्नेदेखि, साना किसान, कपडा सिउने, मेकानीक, कपाल काट्नेजस्ता साना व्यवसायलाई पर्वद्धन गनुपर्नेमा बैंकले जोड दिएको देखिन्छ । बैंक यतीमा मात्रै रोकिएको छैन । नेपालको कृषि उत्थान र पर्वद्दनमा पनि मुक्तिनाथको उत्तीकै ठुलो भूमीका छ । आजसम्म हजारौंले मुक्तिनाथ विकास बैंकबाट लाभ लिइरहेको हामीले देखेका छौँ । मुक्तीनाथ विकास बैंकले ग्राहकलाई मात्रै हैन, हजारौंलाई रोजगारी पनि  दिएको छ । 

१६ सय  बढि कर्मचारी बोकेको अब्बल दर्जाको विकास बैंक 

ग्रामीणबाट सानो लगानीमा स्थापीत बैंकले आजसम्म आइपुग्दा १६ सय  भन्दा बढिलाई रोजगारी दिएको छ । सानो मुलुकमा एउटा सानो बैंकले यती धेरैको रोजगारी सुनिश्चित गर्नु कुनै सानो कुरा भने होइन । 

खुशी छन ग्रामीणका कर्मचारी 

सरकारले खटाएका कर्मचारी ग्रामीणमै नपुगेका बेला बैंकका कर्मचारीहरु भने सजिलै गाउँ–गाउँमा पुग्ने गरेका छन । यो समग्र बैंकिङ उद्योगकै सकारात्मक विषय हो । सिमित स्रोत साधनमा काम गर्न कठिनाई हुने बाध्यता एकातिर छ भने अर्कोतीर पढाई लेखाई कम भएका स्थानीयसँग काम गर्न त्यती सजिलो भने छैन । तर पनि मुक्तीनाथ विकास बैंकका ग्रामीण शाखाका कर्मचारीहरु अत्यन्तै खुशी छन । सहरी क्षेत्र र ग्रामीण क्षेत्रको बैंकिङ कारोबार फरक हुन्छ । सानो लगानी र सानो पुँजीमा काम गर्न सबैलाइ मुस्किल नै पर्छ । गाउँमा साना–साना ‘प्राक्टिकल’ समस्याहरु धेरै छन । तर गाउँबाट नै स्थापना भएको मुक्तीनाथ विकास बैंकको काम गर्ने र सेवा दिने शैली पनि छुट्टै छ । त्यसैले जति नै दुःख भए पनि ग्रामीण भेगमा बसेर बैंकिङ सेवा दिइरहेका मुक्तीनाथ विकास बैंकका तमाम कर्मचारीहरु खुशी देखिन्छन ।  अहिले सबै काम प्रविधिबाट गर्ने चलन आएको छ ।
\"\"
प्रविधिबाट सेवा लिन सजिलो हुन्छ । धेरै कागजी कामहरु गर्न नपर्ने र घरमै बसेर सबै सेवा लिन सकिने सुविधाहरुका बारेमा बैंकहरुले बताईरहेका छन । सहरी क्षेत्रका बासीन्दालाई प्रविधिका बारेमा थोरै भएपनि जानकारी छ । तर गाउँका स्थानीयलाई त्यती धेरै ज्ञान भने छैन । एटीएम, मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता थुप्रै बैंकिङ प्रोडक्टहरुका बारेमा उनीहरुलाई थाहै छैन । मेरो पैसा कहीँ कतै हराइहाल्छ कि भन्ने चिन्ता अझै छ । यस्ता तमाम सम्स्याहरुलाई झेल्दै मुक्तिनाथ विकास बैंकले थुप्रै वित्तिय साक्षरताका कार्यक्रमहरु पनि गरिरहेको छ । वित्तिय ज्ञान प्रदानमा ग्रामीणमा काम गर्ने कर्मचारीहरु स्वंयमले पनि सहयोग गरिरहेको पाइन्छ ।

ग्रामिणमै जाऔं र केही गरौं भन्ने सोच

मुक्तीनाथ विकास बैंकले देशको विकासका लागि पहिले आन्तरिक स्रोतको जगेडा गरौँ भन्नेतर्फ ध्यान दिएको छ । सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानले सफलता पाइरहेको छ । पूँजी निर्माण र बैंकिङ्ग पहुँच पुर्याउने तर्फ यो एउटा सुवर्ण अवसरको साथै खर्च गर्ने मात्रै होइन बचत गर्ने बानिको पनि विकास गर्ने अभियान हो । ‘खोलौँ खाता’ भन्ने नाराले बैंकिङ्ग उद्योगलाई सहयोग गरेको छ । यस्तो अभियानलाई गम्भिरतापूर्वक लिँदै बैंकले राजधानीमामात्रै नभई देशका कुना कुनाबाट सेवा दिने प्रयत्न गरिरहेको छ । सपना दूरदराजमा छन्, चाहना गाउँमा छन्, शहरोन्मुख क्षेत्रमा छन् भन्ने सोँच बैंकको छ । मानिसले नयाँ सोच शहरको भीडभन्दा पर प्रतिबिम्बित गरेका छन् । बैंकले अरू संस्थालाई गाभ्दा पनि ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेका वित्तीय संस्थालाई ध्यान दिएको छ । तसर्थ लगानी शहरभन्दा पर जरुरी भइसकेको छ ।
\"\"कृषि उद्यमशीलता र आय आर्जनका नयाँ क्षेत्रहरुको विकासमा जोड 

नेपालमा वार्षिक २ खर्ब भन्दा बढिको कृषि उपज आयात भइरहेको छ । नेपालमा जनशक्ति छ, उद्यमशीलता भएका किसान पनि छन्, बजार छ, उपभोगता पनि छ । तर उत्पादक र बजारको सम्बन्ध राम्रो नहुँदा विचौलियाहरु हाबी भइरहेका छन । त्यसैले जहाँ उद्यमशीलता छ, त्यहाँ लगानी गरौं भन्ने बैंकको मूलमन्त्र नै छ । देशभित्र रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई गाउँ–गाउँ सम्म पुर्याउनेतर्फ बैंक अर्गसर छ । दुःख गर्ने किसानले केही नपाउने, उपभोक्ताले बढी पैसा तिर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्यका लागि बैंकले कृषि उद्यमशीलतालाई जोड दिएको छ । ६० लाख बढि कामदार विदेशमा छन्, सीप सिकिरहेका छन् । उनीहरु फर्केर आउँदा नेपालमा काम गर्ने वातावरण बनोस् भन्ने बैंकको उदेश्य छ । नेपालमा अपार सम्भावनाहरु छन । ती सम्भावनालाई यथार्थतामा परिणत गर्ने बैंकको सोँच छ ।
\"\"
मुक्तीनाथ कृषिमार्फत हजारौंलाई रोजगारी दिने अध्यक्षको कमिटमेन्ट

बैंकका अध्यक्ष भरत ढकाल विगतमा मुक्तिनाथ विकास बैंकको सीइओ थिए । बैंकको सीइओ छाडेका ढकाल अहिले कृषि व्यवसायमा लागेका छन । मुक्तीनाथ कृषि कम्पनी खोल्दै सहकारीमार्फत् किसानलाई लगानी गर्ने र किसानले गरेको उत्पादनको बजारिकरण गर्ने उनको सोच छ । त्यसका लागि उनले कम्पनीको सुरुवात  गरिसकेका छन् । उनी मुक्तिनाथ विकास बैंकमात्र हैन, मुक्तिनाथ कृषि कम्पनीमा पनि आवद्ध छन । रोजगारीका हिसाबले मुक्तिनाथ विकास बैंकमात्रै हैन उनको मुक्तिनाथ कृषि कम्पनी पनि उत्तिकै अब्बल छ । अध्यक्ष ढकालले बैंकमा हजारौंलाई रोजगारी दिने मात्रै हैन कृषि कम्पनीमार्फत हजारौं युवाहरुलाई कृषि उद्यमी बनाउने योजना छ ।
\"\"उत्पादन गर्ने हातदेखि उपभोग गर्ने मुखसम्म पारदर्शी भएर काम गर्नुपर्छ भन्ने उनको मान्यता छ । उत्पादन गर्ने किसान र कृषि उत्पादन किन्ने उपभाक्ता दुबैले उपयुक्त मूल्यमा किनबेच गर्ने वातावरण बनाउने पनि उनको लक्ष छ । कृषिमा आफुसँग धेरै सपना भएको उनी बताउँछन । नेपालमा कृषि बिजनेस निकै कठिन छ, तर त्यही कठिनाइभित्र संभावना देखेर आफु कृषि व्यवसायमा प्रवेश गरेको उनी बताउँछन । यसबाट पनि हजारौंको रोजगारी सुनिश्चित हुने उनको कमिटमेन्ट छ ।

बोनस मात्रै हैन कर्मचारीलाई तालिम पनि 

मुक्तीनाथ विकास बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले कर्मचारीलाई बोनस मात्रै नभई मनोवल वृद्धिका लागि बेला–बेलामा तालिम पनि प्रदान गर्ने गरेको बताउँछन । करिअर ग्रोथका हिसावले हेर्दा पनि बैंकिङ्ग क्षेत्र आकर्षक मानिन्छ र यसलाई एक ‘ग्ल्यामर’को जागिरका रुपमासमेत लिन थालिएको उनी बताउँछन । उनी भन्छन, ‘तलबमात्र होइन, आकर्षक बोनस, भत्ता, कर्जा, बीमा लगायत अन्य सुविधाले बैंकिङ्ग क्षेत्र आकर्षक र सुरक्षित जागिर बनेको छ । नेपालमा धेरैलाई रोजगारी दिने बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक पनि एक हो ।’ कर्मचारीको मनोवल विकास गर्ने कुरा आजको भोलि नै झट्टै भईहाल्ने कुरा भने होइन ।

कर्मचारीको मनोवल वृद्धिको र कर्मचारीहरुको उत्थान र प्रोत्सानको लागि मुक्तीनाथ विकास बैंकले विभिन्न समयमा चरणबद्ध रुपमा काम गर्दै आइरहेको गुरुङ्ग बताउँछन । उनी भन्छन, ‘मुक्तीनाथ विकास बैंकमा बैंक स्थापना कालदेखि नै काम गर्दै आइरहनुभएका कर्मचारी थुप्रै हुनुहुन्छ । यदि बैंकले आफ्नो दायित्व पुरा नगरेको हुन्थ्यो भने हामीले यती धेरै सफल हुँदैनथ्यौँ होला ।’ यस्तै बार्षिक रुपमा आफुहरुले विभिन्न कर्मचारीको मुल्याकन मार्फत सेवा सुविधा पनि उपलब्ध गराइरहने उनले बताए । उनका अनुसार सानै उमेरमा शाखा प्रवन्धक बनेका युवाहरु मुक्तीनाथ विकास बैंकमा थुप्रै छन । यसका साथै मुक्तीनाथ विकास बैंकले कर्मचारीहरुलाई विभिन्न विषयमा तालिम दिँदै उनीहरुको ज्ञान, सिप र क्षमता विकास पनि गर्ने गरेको गुरुङ्गले बताए ।

   \"\"