काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन–माघ) मा आइपुग्दा निर्यात बढेकाे छ। भन्सार विभागका अनुसार माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ४६.५० प्रतिशतले धेरै हो।
गत वर्ष माघसम्म ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। तथ्यांक अनुसार माघ महिनामा २८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
पुस मसान्तसम्म कुल निर्यात ९८ अर्ब ७८ करोड रहेकोमा माघमा यो १ खर्ब २७ अर्ब रुपैयाँ पुगको हो। विभागका अनुसार माघसम्म ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
जुन गत आवको यसै अवधिको तुलनामा १०.०९ प्रतिशत बढी हाे। गत आवको माघसम्म ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। कुल वैदेशिक व्यापारको बढेर ११ खर्ब माथि पुगेको छ।
गत आवको ७ महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष ६.२० प्रतिशतले बढेको छ। यस वर्ष कुल वैदेशिक व्यापारमा आयातको हिस्सा २.८३ प्रतिशतले कम हुँदा निर्यातको हिस्सा २९.३० प्रतिशतले बढेको छ।






About Us
प्रतिक्रिया