योजना आयोगले अर्थमन्त्रालयलाई बुझायो बजेटको ‘सिलिङ’, १८ खर्ब ९२ अर्बको ल्याउन सुझाव


काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट करिब १९ खर्बको हाराहारीमा आउने भएकाे छ । आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेकाे हाे ।

करिब १९ खर्बको हुनेगरी आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ । चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । त्यसमा करिब १२ प्रतिशत वृद्धि हुने गरी योजना आयोगले स्रोतको अनुमान गरेको हो ।