‘हामी त्यस्तो अफर ल्याउँदै छौँ जहाँ माई पे प्रयोग नगरी सुखै हुँदैन’

‘हामी त्यस्तो अफर ल्याउँदै छौँ जहाँ माई पे प्रयोग नगरी सुखै हुँदैन’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 मनोज मेहेता, प्रमुख कार्यकारी अधिकृत, माई पे 
डिजिटल भुक्तानी प्रदायक वालेट माई पेले संचालनमा आएको छोटो समयमै ५ लाखभन्दा बढी ग्राहक संख्या पुर्‍याएको छ। दिनप्रतिदिन नयाँ नयाँ अफरहरु ग्राहकसामु पस्किँदै आफुलाई अन्य फिनटेक कम्पनीहरुको भिडमा अब्बल सम्झने माई पे ले आगामी दिनहरुमा पनि यस्तै ठुला ठुला फरहरु ल्याउने बताउँछ । नेपालमा डिजिटल वालेटहरु र यसको काम-कारवाहीको कुरा गर्ने हो भने त्यती धेरै लामो इतिहास भने भटिँदैन । हुन त नेपाल डिजिटल कारोबारमा होमिएको पनि त्यती धेरै लामो समय त भएको छैन । तर यस्ता डिजिटल वालेटहरुको भविष्य, यीनका काम-कारवाही, अफरहरु र डिजिटल सेवाहरु नेपालमा विस्तारै कसरी छरिँदैछन त ? यीनै विषयमा केन्द्रीत रहेर माई पे डिजिटल वालेट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज मेहेतासँग गरिएको कुराकानीः 

पुरा भिडियो 

फिनटेकहरुको भिडमा आज माई पे कहाँनेर छ ?

माई पे स्मार्ट कार्ड नामक कम्पनीबाट दर्ता भएको कम्पनी हो । हामीले लाईसेन्स लिएको अगाडी नै हो, तर पुनः दर्ता गरी माई पे भनेर मंसिर देखि बजारमा आएका छौँ । हालसम्म हामीले ग्राहकहरुसँग राम्रै माया पाइरहेका छौँ । छोटो समयमा नै हामीले करिब ५ लाख ग्राहकहरुको माया पाएका छौं । अहिले हामीले सिमित विशेषताहरु राखेका छौं । हामीले माई पे लाई बजारमा ल्याउँनु पूर्व बजारको अध्ययन समेत गरेका थियौं ।
\"\"
दैनिक जीवनमा कहाँ–कहाँ चुनौतीहरु आउँछन् साथै नगदले गर्दा कहाँ–कहाँ समस्या आउँछ त ? भन्ने बारेमा पनि अध्ययन गरेका थियौं । हामीले गर्न सक्ने कार्यहरु के–के हुन् ? भनेर हामीले लिष्ट नै बनाएका छौँ । यस्तो अध्यानले गर्दा ग्राहकले दैनिक प्रयोग हुने कार्यमा आफ्नो सहजता समेत महसुस गर्न सकुन । ग्राहकले राम्रो महसुस गरुन भनेर हामीले पनि कामलाई निरन्तरता दिईरहेका छौं । यी कामहरु राता–रात पनि हुने होइनन ।  एउटा प्रविधिमार्फत गर्ने काम भएकाले हामीलाई केही समय पनि पक्कै लाग्छ ।  हाम्रो वालेट अरु भन्दा भिन्न छ र हामीले बजारमा परिचित बनाउँन सक्छौं । 

माई पे नै किन प्रयोग गर्ने त ?     

 

आम ग्राहकले माई–पे नै किन प्रयोग गर्ने ?

आम ग्राहकले माई–पे नै किन प्रयोग गर्ने ? #bankingsamachar #bankingbahas #godigital #MyPay #digital #economy Full episode: https://youtu.be/v20PoXKjs6A

Posted by Bankingsamachar on Tuesday, August 30, 2022

ग्राहकहरुले वालेटहरुको अफरहरुमा भिन्नता हेर्नुस्, माई पे तपाई आफैले छान्नु हुन्छ । यसमा मैले भन्नुपर्ने केही पनि छैन ।

अफरहरुकै कारणले माई पे प्रयोग गर्ने हो ?

अफरलाई पहिलो विकल्प मान्न सकिन्छ । दोस्रो विकल्प भनेको, हामीले ग्राहकहरुको लागि यस्तो विशेषता ल्याउँदै छौं जहाँ हाम्रो वालेट छोडेर अरु वालेट रुचाउँनु नै हुँदैन । केही समयको मात्रै कुरा हो । यसमा हामीले ग्राहकहरुलाई पनि तयारी अवस्थामा बस्नुहोला भन्न पनि चाहन्छौँ । 
 

 

डिजिटल कारोबार गर्दा वालेटमा पाउने रिवार्ड पोईन्ट्स कहाँ प्रयोग गर्ने ?

डिजिटल कारोबार गर्दा वालेटमा पाउने रिवार्ड पोईन्ट्स कहाँ प्रयोग गर्ने ? #bankingsamachar #bankingbahas #godigital #MyPay #digital #economy Full episode: https://youtu.be/v20PoXKjs6A

Posted by Bankingsamachar on Tuesday, August 30, 2022

भुक्तानी सेवा प्रदायक कम्पनीहरुले दिने रिवार्डहरु कहाँ प्रयोग गर्ने ? कसरी प्रयोग गर्ने ? मानिसहरु झुक्किय जस्तो लाग्यो नि ? 

तपाईले अत्यन्तै सान्दर्विक कुरा गन्र्नुभयो । अहिले लोयल्टी प्वाइन्टहरुको सिमित प्रयोगकर्ता मात्रै छन । केही समयको लागि अफर आएको बेला मात्रै रिडिम (redeem) गर्न पाउँछन । यसमा पनि सबै ग्राहकहरुले कहाँ रिडिम गर्न पाउँछन र । त्यसलाई समाधान गर्नको लागि हामीले माई पे रोयल्टी अफर पनि सञ्चालनमा ल्याएका छौँ । अरु वालेट कम्पनीहरु भन्दा हाम्रोमा के फरक छ भने, हाम्रो वालेटमा पुनः कारोबार गर्दा त्यहाँ रहेको क्वाईन ग्राहकहरुले प्रयोग गर्न पाउनेछन । त्यसको लागि केवाईसी अपडेट गनुपर्ने हुन्छ । क्वाईन (coin) पाएपछि पुनः प्रयोग गर्दा केही क्यास वालेट बाट तिर्न सकिन्छ भने, केही रकम क्वाईन बाट पनि भुक्तानी गर्न सकिन्छ । यो गर्दा रिडिम कहाँ गर्ने भन्ने बारेमा चिन्ता लिनु पर्दैन । 

 

फिनटेकहरुको भिडमा आज माई–पे कहाँ छ ?

फिनटेकहरुको भिडमा आज माई–पे कहाँ छ ? #bankingsamachar #bankingbahas #godigital #MyPay #digital #economy Full episode: https://youtu.be/v20PoXKjs6A

Posted by Bankingsamachar on Tuesday, August 30, 2022

डिजिटल कारोबारमा माई पे कति सुरक्षित छ ? 

सुरक्षाको सवालमा सबै वालेटहरु राष्ट्र बैंकबाट नै नियमन भएको हुन्छ । ग्राहकको पैसादेखि सुरक्षाको कुरामा हामीले सुक्ष्म अध्ययन गरेर अगाडी बढेका हुन्छौं। राष्ट्र बैंकको पनि हाम्रो आवश्यकताहरु छन, हामीले पनि अडिट गरेर राष्ट्र बैंकलाई बुझाउनु पर्छ । त्यसैले ग्राहकहरुले हाम्रो पैसा कतै जान्छ कि भनेर भ्रममा नपरे हुन्छ । सिस्टमहरुको सुरक्षामा पनि हामीले निकै ध्यान दिएका छौ । 
\"\"
तर अझै पनि मानिसहरुमा मेरो पैसा हराइहाल्छ कि भन्ने डर छ नि ? 

हामीले के बुझ्नु पर्याे भने, म सँग आज नगद छ मेरो पैसा गोजी बाट खस्यो भने मेरै नगद हो भन्ने थाहा हुँदैन । कहाँ बाट कहाँ पुग्यो भन्ने थाहा हुँदैन । तर वालेटमा भएको पैसा कहाँ पुग्यो, वा कुन बैंकमा गयो कसको एकाउन्टमा पुग्यो भनेर हामीले थाहा पाउँन सक्छौं । त्यसैले पैसा हराउँछ भन्नेमा ग्राहकहरु एक प्रतिशत पनि न आत्तिए हुन्छ । हामी राष्ट्र बैंकबाट हरेक समय, हरेक दिन नियमले बाधिएका छौं । र हामीबाट गर्नुपर्ने सुरक्षाको बिषयमा हामी पनि गम्भीर  नै भएको हुन्छौं । त्यसैले आत्तिनु पर्ने केही पनि छैन ।

 

डिजिटल कारोबार गर्दा मानिसहरुमा मेरो पैसा कहीँ कतै हराइहाल्छ कि भन्ने डर छ नि ?

डिजिटल कारोबार गर्दा मानिसहरुमा मेरो पैसा कहीँ कतै हराइहाल्छ कि भन्ने डर छ नि ? #bankingsamachar #bankingbahas #godigital #MyPay #digital #economy Full episode: https://youtu.be/v20PoXKjs6A

Posted by Bankingsamachar on Wednesday, August 31, 2022

ग्रामीण भेगका जनताहरुलाई फिनटेक र यसको काम कारवाहीको बारेमा थाहै छैन नी ? ज्ञान प्रवद्र्धन गर्न तपाइहरुले के गरिरहनुभएको छ ? 

अहिले सबै कार्यहरु हेर्दा शहर केन्द्रित नै छन । अझ विशेष गरेर काठमाडौंमा मात्रै भन्दा फरक नपर्ला । जनसंख्या बढि भएकोले र यहाँको ग्राहकहरुलाई बुझाउन पनि सजिलो छ । ग्राहकहरुसँग कारोबार गर्न पनि एकदमै सजिलो छ । तर उपत्यका बाहिर जानेवित्तिकै अवस्था एकदमै फरक छ । केही समय अघि हामीले उपत्यका बाहिर स्टलहरु पनि राखेका थियौं । विराटनगर, सप्तरीको नेपालगञ्ज लगायतका क्षेत्रहरुमा स्टलहरु राख्दा सय जना आउँदा ९० जनालाई वालेट भनेको के हो भन्ने नै थाहा नभएको पायौं । त्यसैले उपत्यका बाहिरको कुरा गर्दा यो एकदम चुनौतिपूर्ण छ । त्यसैले हामीले तीब्र रुपमा वित्तिय ज्ञान दिने योजना बनाएको छौं ।
\"\"
अहिले हामीले उपत्यका भित्र भन्दा पनि उपत्यका बाहिर धेरै स्टलहरु राखेर फेस टु फेस (face to face) वालेट भनेको यो हो, यसरी चलाउँनु भनेर सिकाइरहेका छौँ । यस्तै हामीले स्थानीय तहहरुसँग पनि समन्वयन गरेर कामहरु गरिरहेका छौँ । हामीले वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं । त्यसैले उपत्यका बाहिर रहेका समस्याहरु केही हदसम्म निराकरण हुनसक्ने हाम्रो अपेक्षा छ । 

फिनटेकको भविष्य र यसको विजनेसको कुरा गर्दा कति पोसिबिलिटि (possibility) देख्नुहुन्छ ? 

व्यापार र व्यवसायको पाटोबाट कुरा गर्दा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नीति नियमले गर्दा लिमिटेड नै छ । तर अझ पनि धेरै क्षेत्रहरु छन् जुन डिजिटल क्षेत्रहरुमा काम नै भएको छैन । जस्तै, यातायात क्षेत्र अझै डिजिटल प्रणालिमा जना सकेको छैन । हामीले दैनिक रुपमा काम गर्ने क्षेत्रहरु डिजिटलमा गएका नै छैनन् । अझै पनि ८० देखि ९० प्रतिशत क्षेत्रहरु डिजिटल प्रविधियुक्त हुन बाँकी नै छन । र यो सबै क्षेत्रहरु डिजिटल प्रविधिमा गयो भने फिनटेक तथा डिजिटल वालेटको व्यवसाय पनि विस्तार हुने हाम्रो अपेक्षा छ । फिनटेक कम्पनी भनेको एउटा यस्तो क्षेत्र हो, जसमा फाइदाको लागि हो भन्ने खालको परिकल्पना नगरेपनि हुन्छ ।
\"\"
टेक्नोलोजीमा काम गर्नुपर्ने भएकोले पनि थोरै समयको लागि पनि हुनसक्छ, र लामो समयको लागि पनि हुनसक्छ । तर त्यो बाट आउँने रिटर्न भनेको एकदमै राम्रो हुनसक्छ । त्यसैले फिनटेकको भविष्य एकदमै उज्वल छ । तर अलिकति धैर्यता भने कायम गर्नुपर्ने हुन्छ ।  

अन्तमा आम ग्राहकहरुलाई के भन्न चहानुहुन्छ ? 

ग्राहकहरुको सबै पैसा सुरक्षित नै छ । त्यसमा कुनै प्रकारको चिन्ता लिनु पर्दैन । हामी राष्ट्र बैंकबाट नियमन भएको संस्था हो । हजुरहरुले कारोबारको लागि कुनै प्रकारको चिन्ता नै लिनुपर्दैन । यसो भन्दै गर्दा आफुपनि अलिकति सजग भने हुनुपर्छ । हामीले प्रदान गरेको सुरक्षाको नियमहरु पालना गर्नुपर्छ । जस्तै सजिलो पासवर्डहरु राख्नुभएन । ओटिपीहरु सेयर नगर्नु होला । अहिले धेरै घटनाहर जतिपनि भएका छन् प्रायः सबै ओटिपी सेयर गरेर नै भएको पाइन्छ ।

ओटिपी कसैले पनि झुक्किएर पनि सेयर नगर्नु होला । साथै नेपालको डिजिटल यात्रामा सबैको सहभागी हुनु जरुरी छ । साथि भाई आमा बुवालाई पनि डिजिटल प्रणालीमा जोड्न सक्यौं भने नेपालले लिएको वित्तिय साक्षरता र समग्र डिजिटल नेपाल परिकल्पना गर्न सकिन्छ । सरकारको अभियानलाई हामी सबैको अभियान बनाउँनुपर्छ । नगदलाई भन्दा पनि डिजिटल वालेटहरुलाई प्रोत्साहन दिनुस् । हजुरहरु हामीलाई चाहिन्छ भने हामी सदैव हजुरहरुप्रति उत्तरदायी भएर काम गर्नेछौँ । 

 

सुरक्षित डिजिटल कारोबार गर्नको लागि आम मानिसलाई के सुझाव दिनुहुन्छ ?

सुरक्षित डिजिटल कारोबार गर्नको लागि आम मानिसलाई के सुझाव दिनुहुन्छ ? #bankingsamachar #bankingbahas #godigital #MyPay #digital #economy Full episode: https://youtu.be/v20PoXKjs6A

Posted by Bankingsamachar on Wednesday, August 31, 2022