बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्ने छन् । सानिमा बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत् ग्राहकहरुले फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ ।
बैंकले १२७ वटा शाखा कार्यालय तथा १२० वटा ए.टि.एम. मार्फत देशभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया