काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको साढे ८ लाख कित्ता शेयर बिक्रीमा राखेकाे हाे ।
बैंककाे संस्थापक समूहको शेयर आज फागुन १ गतेदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त शेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको शेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् ।
खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । बैंकको शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । बैंकको शेयरबिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।






About Us
प्रतिक्रिया