काठमाडौं – इसेवाले नगद चाहिएको खण्डमा प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन्। यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको हो । यो प्रक्रिया दुई चरणको रहेको छ ।
पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवा एपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ्ग तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् । यस अघि एभरेष्ट बैंकमार्फत मात्रै प्रदान गर्दै आएको यो सुविधा इसेवाले एनआईसी एशियामा पनि विस्तार गरेको हो ।
यस्ताे छ प्रक्रिया:
बैंकका अनुसार एटीएम विथड्र गर्ने प्रक्रिया दुई चरण रहेका छन् । पहिलो चरणमा इसेवा प्रयोगकर्ताहरुले आफ्नो इसेवाएपमा गई ओटीपी प्रक्रिया पूरा गर्नुपर्ने र दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ ।
पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको फाइनान्सियल सर्भिसभित्र रहेको एटीएम विथड्रमा गई एनआईसी एशिया बैंक छनोट गरेर आवश्यक विवरण राखी प्रक्रिया पूरा गर्नुपर्नेछ । प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटीपी नम्बर आउनेछ, जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्छ । यसरी मोबाइलनम्बर र ओटीपीसहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् ।
प्रतिक्रिया