काठमाडौं – अर्थमन्त्रालयका अर्थसचिव डा. रामप्रसाद घिमिरे सरुवा भएका छन् । सोमबार बसेको मन्त्रीपषिद्को बैठकले डा. घिमिरेलाई सरुवा गरेको हो । सरुवासँगै डा. घिमिरे राष्ट्रपतिको कार्यालयमा पुगेका छन् ।
सरकारले डा. घिमिरेको ठाउँमा अर्थसचिवका रुपमा घनश्याम उपाध्यायलाई मन्त्रालयमा तानेको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । यससँगै उपाध्यायले अब देशको अर्थतन्त्रको ढुकुटी सम्हाल्नेछन् ।
डा. घिमिरे पनि अख्तियार अनुसन्धान आयोगबाटै अर्थसचिवकारुपमा आएका थिए । सरकारले २०७९ साल पुसमा तत्कालिन सचिव रामेश्वर दंगालको ठाउँमा डा. घिमिरेलाई अर्थमन्त्रालय तानेको थियो । २ वर्षभन्दा बढी समय अर्थमन्त्रालयमा कार्यरत रहेपछि राष्ट्रपति कार्यालय पठाइएको हो ।
डा. घिमिरेले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्जको अनुमति प्रदान गर्न पत्र लेखेका थिए । यसको महिना दिन नपुग्दै उनलाई सरुवा गरिएको हो ।






About Us
प्रतिक्रिया