बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ


काठमाडौं – नेपाल प्रहरीले बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको विशेष टोलीले पाटन उच्च अदालतले गरेको फैसलाअनुसार प्रतिवादी पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारीअनुसार उच्च अदालतले २०७६ साल फागुन १३ गते दोषी ठहर गरेका प्रतिवादी फरार थिए । उनलाई अदालतले १ दिन कैद र डेढ लाख जरिवाना तथा ६ हजार रुपैयाँ क्षतिपूर्ति ठहराएको थियो।

फैसला भएपनि उनी ५ वर्षसम्म फरार थिए । प्रतिवादीलाई पक्राउ गरेर संखुवासभा जिल्ला अदालत चैनपुरमा पेश गरेको प्रहरीले जनाएको छ ।