यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।  यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंको टेकुबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डारी रहेका छन् ।

पीडितको उजुरीको आधारमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यूके पठाइदिन्छु भन्दै पीडितसँग ३७ लाख ५० हजार रूपैयाँ लिएर भण्डारी सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।