ललितपुर – फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एपमार्फत बीमा प्रीमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न लक्ष्यसहित शतप्रतिशत क्याशब्याक जित्ने अवसर प्रदान गर्ने भएको छ । शतप्रतिशत क्यासब्याक अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा शतप्रतिशत १५ हजार रुपैयाँसम्म पाउनेछन् ।
यो अभियान माघ ३० (फेब्रुअरी १२, २०२५) सम्म चल्नेछ । जसले ग्राहकहरूलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्ने कम्पनीले जनाएको छ । सहभागी हुनका लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ । सफल भुक्तानीपछि स्वतः लकी ड्रा का लागि योग्य हुनेछन् र शतप्रतिशत क्याशब्याक पुरस्कार जित्ने छन् ।
यसका लागि सेवाग्राहीले मोबाइल बैंकिङ एप खोलेर ‘फोनपे बिल्स’ वा ‘अनलाइन भुक्तानी’ मा जानुपर्ने बताइएको छ । यसपछि, उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये ‘बीमा’ विकल्प छानेर आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुपर्ने बताइएको छ । सबै प्रक्रिया पुरा गरेपछि भुक्तानी पुष्टि गर्नुपर्ने फोनपेले जनाएको छ ।
भुक्तानी सफल भएपछि सेवाग्राही स्वत शतप्रतिशत क्याशब्याक जित्ने लकी ड्रा का लागि योग्य हुने बताइएको छ । ‘यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर हो,’ कम्पनीले भनेको छ । यसबाहेक फोनपे बिल्सका माध्यमबाट ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल आफ्नो मोबाइल बैंकिङ एपबाट केही क्लिकमा तिर्न सक्ने बताइएको छ ।






About Us
प्रतिक्रिया