निगमले बढायो डिजेल पेट्रोलको मूल्य, कति पुग्यो ?

निगमले बढायो डिजेल पेट्रोलको मूल्य, कति पुग्यो ?


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । भारतबाट इण्डियन आयल कर्पोरेशन (आईओसी) प्रत्येक १५ दिनमा मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य बढाएको हो ।

भारतबाट पेट्रोलको मूल्य १.५९ रुपैयाँ, डिजेलमा ३.५७ रुपैयाँ र हवाई इन्धनमा ५.७० रुपैयाँ बढेर आएको थियो । यहीअनुसार, निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजले/मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोमिटर अमेरिकी डलर ४३ कादरले बढेको निगमले जानकारी दिएको छ ।