काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखिलाई तय गरेको आन्दोलन रोकेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि महासंघले तत्काललाई आन्दोलन स्थगित भएको जानकारी दिएको हो ।
यसअघि, महासंघले सरकारले भुक्तानी रोकेको दाबी गर्दै विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेकाे थियाे । यहीक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि महासंघले आन्दोलन रोकिएको जानकारी दिएको छ ।
छलफलका क्रममा निर्माण व्यवसायीको मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले एक कार्यदल गठन गर्न निर्देशन दिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । ‘सकारात्मकरुपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको छ,’ उनले भने ।
प्रतिक्रिया