अनुदान सहायता रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय स्थगित


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबै किसिमका वैदेशिक सहायता रोक्ने निर्णयबाट पछि हटेका छन् । ट्रम्पलेह्वाइटहाउसमा कमब्याक भएसँगै सबै किसिमका वैदेशिक अनुदान ९० दिनका लागि स्थगित गर्ने निर्णय लिएका थिए ।

विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो ।

राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

यो निर्णयले अमेरिकी सरकारको सहायतामा परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएसँगै तत्कालका लागि ट्रम्पको स्थगित भएकाे हाे ।

अमेरिकाले लामो समयदेखि विश्वका विभिन्न मुलुकमा स्वास्थ्य, शिक्षा, विकासलगायतमा अनुदान सहयोग उपलब्ध गराएर सहायता गर्दै आइरहेको छ । ट्रम्पको उक्त निर्णयले नेपाललाई पनि प्रभाव पर्ने भन्दै चिन्ता बढेकाे थियाे ।