काठमाडौंदेखि नुवाकोटसम्म सीएफमोटो राइड सम्पन्न


काठमाडौं – सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले काठमाडौंदेखि नुवाकोट दरबार सम्मको राइड सम्पन्न गरेको छ । गत शनिबार नक्सालस्थित शोरुमबाट प्रारम्भ भएको सो राइडमा नयाँ तथा पुराना बाइक सहितका २० राइडर सहभागी थिए ।सो अवसरमा सीएफमोटो ब्रान्डका एनके २५०, एसआर २५०, एनके ४५० तथा ४५० एमटी बाइकहरुको सहभागिता रहेको थियो।

हाल डे आउट राइड सबै सेगमेन्टका ग्राहकहरुको चासो तथा चाहना रहेको तथ्यलाई मध्यनजर गरी कम्पनीले सो राइड कार्यक्रम सञ्चालन गरेको बताएको छ । राइडमा सहभागी सबै राइडरहरूलाई सीएफमोटोको राइडिङ ज्याकेट तथा मायाको चिनो प्रदान गरिएको थियो । उक्त राइडमा राइडरहरुलाई विभिन्न गेममा सहभागी गराई पहिलो तथा दोस्रो विजेतालाई कम्पनीबाट विशेष प्रिभिलेज कार्ड उपहार स्वरूप प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार योभन्दा पहिले अघिल्लो शनिबार अर्थात माघ ५ मा आयोजना भएको सीएफमोटो मिट एन्ड ग्रिट कार्यक्रममा समेत उल्लेख्य मात्रामा सीएफमोटो बाइकधनीहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममार्फत घोषणा भएबमोजिम कम्पनीले हाल उक्त राइडको आयोजना गरेको जानकारी दिएको छ ।

कम्पनीले आफ्ना राइडरहरुलाई यस्ता कार्यक्रमहरू समय समयमा आयोजना गरी थप उत्साह कायम राख्दै, ग्राहकहरूलाई उच्चतम क्षमताका नयाँ नयाँ बाइकहरू उपलब्ध गराउँदै जाने र सहज तथा ग्राहकमुखी सर्भिस तथा पार्ट्सको पूर्ण सन्तुष्टि दिने प्रतिबद्धता समेत जनाएको छ ।