नेक्सजेन म्यानेजमेन्टले सुरु गर्यो ‘पोस्ट लोन म्यानेजमेन्ट सर्भिस’

नेक्सजेन म्यानेजमेन्टले सुरु गर्यो ‘पोस्ट लोन म्यानेजमेन्ट सर्भिस’


काठमाडौं – नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले ‘पोस्ट लोन म्यानेजमेन्ट सर्भिस’ र कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ । अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा बसेको बैठकले यही फागुन १ गतेदेखि बैंक तथा वित्तिय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

नेपालको बैंक वित्तिय संस्थामा खराब कर्जाको समस्या डरलाग्दो रूपमा बढदै गईरहेको छ । कर्जा प्रवाह पछि ऋणीले कर्जा रकम उचित प्रयोग गर्न नजान्दा चाहेर नचाहेर पनि समस्यामा पर्दै गईरहेका छन् । ऋणीसँग उद्योग व्यवसाय सञ्चालनको उचित ज्ञान नहुने र कर्जा प्रवाहपछि बैंक वित्तिय संस्थाले नियमित परामर्श पनि नदिने भएकोले कर्जाहरू क्रमश खराब हँदै गइरहेको छ ।

बैंक बित्तिय संस्थाको खराब कर्जाको वर्तमान अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने देश ठूलै संकटमा पर्ने देखिन्छ । बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा हुँदा पनि नयाँ कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत गर्दैछ । यहीकारण नेक्सजेन म्यान्जमेन्ट एण्ड इक्विटी सोलुसन्सले बैंक तथा वित्तिय संस्था र ऋणीबिचमा पुलकोरूपमा काम गर्ने गरि परामर्श सेवा संचालनको घोषणा गरेको हो ।

नेक्सजेन म्यानेजमेन्ट बैंक वित्तिय संस्थाका पूर्व कार्यकारी प्रमुखहरूको संस्था हो । यो कम्पनीले सम्पत्ती व्यवस्थापन र व्यवसायिक परामर्शको कार्य गर्दै आईरहेको छ ।