आजदेखि खुल्यो क्रेष्ट माइक्रो लाईफको आईपीओ

आजदेखि खुल्यो क्रेष्ट माइक्रो लाईफको आईपीओ


काठमाडौं – आजदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बिक्री सुरु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दिएको जानकारीअनुसार कम्पनीले आजदेखि सर्वसाधारणलाई छु्ट्याइएको शेयरको १० प्रतिशत शेयर बिक्री खुलाएको हो ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ लाख ५० हजार कित्ता शेयर बिक्री गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँका लागि यसको मूल्य २२ करोड ५० लाख रुपैयाँ हुन आउँछ ।

सर्वसाधारणका लागि बिक्री छुट्याइएको २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता आजदेखि बिक्री खुलेको हो । यो आईपीओमा नेपाल सरकारबाट सम्बन्धन लिएर वैदेशिक रोजगारीका लागि विदेशीएका नेपालीले आवेदन भर्न सक्छन् ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ छ भने प्रति शेयर आम्दानी ७.७४ रुपैयाँ छ । यस्तै, सञ्चित नाफा करिब २ करोड ६७ लाख रुपैयाँ छ ।