काठमाडौं – सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको वैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
उनले भने, ‘राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, उक्त अध्यादेश कार्यान्वयन गर्न नियमावली निर्माणको निर्णय बैठकले गरेको छ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने।
आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे।
प्रतिक्रिया