काठमाडौंबाट स्रोत नखुलेको ३९ लाखसहित एकजना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगदसहित पक्राउ गरेको हो ।