बैकिङ्ग समाचार, बर्दिया ।
नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रमुख धवेन्द्र न्यौपानेले ग्राहकको आईपीएस प्रयोग गरी आफन्तकोमा रकम लिएर फरार भएको आरोप लागेको छ । आरापित न्यौपाने अचानक सम्पर्कविहिन बनेपछि खोजी कार्य जारी रहेको बताइएको छ ।
उनी सुर्खेतबाट गुलरिया शाखामा सरुवा भएको करिब ३ महिना मात्रै भएको थियो । उनी गत बुधवारदेखि सम्पर्कविहिन छन ।
यता नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले भने उनले बैंकिङ्ग कसुर गरेको देखिएको र कति रकम भन्ने बारेमा अझैसम्म पत्ता लाग्न नसकेको जानकारी दिएको छ । अनुसन्धानका लागि २ जना कर्मचारी गुलरिया पठाइसकेको हुँदा उक्त रिपोर्ट आएपछि मात्रै कति रकम हिनामिना भएको हो ठ्याक्कै एकिन हुने केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए ।
सुर्खेतबाट सरुवा भइ गुलरिया आएका न्यौपानेलाई बुधबारनै सुर्खेतको शाखामा केही गडबडी देखिएपछि सुर्खेत शाखाले सम्पर्क गरेको थियो । फोन गर्दा गर्दै फोन काटिएपछि सम्पर्क हुन नसकेको बैंक बताउँछ । उनको खोजी कार्यको लागि प्रहरीलाई जानकारी गराएको बैंकले जनाएको छ ।
यता पारिवारिक स्रोतका अनुसार करिब एक हप्ता देखि बाटै सम्पर्कमा नरहेको पाइएको छ । उनका परिवारले खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय बर्दियामा निवेदन दिएको बताइएको छ ।
प्रतिक्रिया