काठमाडौं – हिमालयन बैंकको नाफामा सामान्य सुधार आएको छ । आज सार्वजनिक चालू आर्थिक वर्ष २०८१/८२ को वित्तीय विरणअनुसार गत वर्षको तुलनामा नाफामा सामान्य सुधार आएको हो ।
यस अवधिमा बैंकले १ अर्ब ६० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले १ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफामा देखिएको सामान्य वृद्धि हो ।
नाफामा ३.२२ प्रतिशतको वृद्धि आएपनि बैंकको प्रतिशेयर आम्दानी बढेको छैन । यस अवधिमा प्रतिशेयर आम्दानी १४.८० रुपैयाँ रहेको बैंकको गत वर्षको यही अवधिमा १४.०३ रुपैयाँ थियो । बैंकको नाफा सामान्य बढेपनि ब्याज आम्दानी भने खुम्चिएको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा १८ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रहेको ब्याज आम्दानी चालू वर्षको पुस मसान्तसम्ममा १४ अर्ब ९४ करोड रुपैयाँमा आइपुगेको छ । यो ४ अर्ब रुपैयाँभन्दा बढीको गिरावट हो ।






About Us
प्रतिक्रिया