उल्लेख्यरुपमा बढ्यो प्रभुकाे नाफा, प्रतिशेयर आम्दानी भने घट्यो


काठमाडौं – प्रभु बैंक लिमिटेडको नाफामा उल्लेख्य बढोत्तरी भएको छ । आज सार्वजनिक वित्तीय विवरणअनुसार चालू वर्षको ६ महिनासम्मको अवधिमा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएको हो ।

यस अवधिमा बैंकले १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले जम्मा ७४ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो ६३ करोडको वृद्धि हो ।

बैंकको नाफा ८५ प्रतिशतले बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.७० रुपैयाँ छ । गत वर्षको यही अवधिमा यो आम्दानी १२.६७ रुपैयाँ थियो ।