एनएमबी बैंकले कमायो २ अर्ब खुद नाफा, गत वर्षकोभन्दा ५० प्रतिशत बढ्यो


काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको अवधिमा एनएमबी बैंकले २ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यही अवधिको तुलनामा नाफा आर्जन सुधार गर्दै २ अर्ब रुपैयाँभन्दा बढी कमाएको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यो ६९ करोड रुपैयाँको वृद्धि हो । यस्तै, यो ५० प्रतिशतको वृद्धि समेत हो ।

बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी २२.४९ रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्मको अवधिमा यो आम्दानी १५.२३ रुपैयाँ थियो ।

अन्य बैंकको जस्तै एनएमबी बैंकको समेत यस अवधिमा ब्याज आम्दानी खुम्चिएको छ । बैंकले ११ अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन, गत वर्ष १३ अर्ब ७८ करोड रुपैयाँ थियो ।