काठमाडौं – चालू आर्थिक वर्षमा एनआईएमबी बैंकको नाफा उल्लेखरुपमा बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्मको अवधिमा बैंकको उल्लेख्यरुपमा बढेको हो ।
यस अवधिमा बैंकले २ अर्ब ८२ करोड रुपैयाँको खुद नाफा आर्जन गरेको छ । बैंकको अपरिस्कृत वित्तीय विरणअनुसार गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब ३६ करोड रुपैयाँको नाफा आर्जन भएको थियो । यो १ अर्ब ४७ करोड रुपैयाँको वृद्धि हो ।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १६.६० रुपैयाँमा पुगेको छ । गत वर्षको यही अवधिमा १०.३६ रुपैयाँ थियो । यस अवधिमा बैंकको ब्याज आम्दानी भने घटेको छ । गत आर्थिक वर्षमा २२ अर्ब १२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १८ अर्ब ७२ करोड रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको छ ।
प्रतिक्रिया