काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको आज सार्वजनिक भएको दोस्रो त्रैमासको (अनअडिटेड) वित्तीय विवरणअनुसार २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्मको अवधिमा १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जसबाट चालू वर्षको सोही अवधिमा नाफा ३६ अर्बले बढेर २ अर्ब ७ करोड पुगेको हो ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको ब्याज आम्दानी घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ११ अर्ब ४८ कराेड रुपैयाँ रहेको ब्याज आम्दानी यो वर्ष घटेर १० अर्ब ३० कराेड रुपैयाँमा झरेको छ ।
यस्तै, ब्याजबापत बैंकले ५९ लाख ८४ हजार रुपैयाँ बुझाएको छ । गत वर्ष यो शीर्षकको खर्च ७८ लाख ५९ हजार रुपैयाँ थियो । नाफा बढेसँगै प्रतिशेयर आम्दानी समेत बढेको देखिएको छ । गत वर्षको पुस मसान्तसम्म २९.१२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यो वर्ष ३२.०६ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया