अर्थमन्त्रालयको नजरमा यस्तो छ देशको आर्थिक स्थिती

अर्थमन्त्रालयको नजरमा यस्तो छ देशको आर्थिक स्थिती


काठमाडौं – सरकारले चालू आर्थिक वर्षको ६ महिनामा अर्थतन्त्रका सुधारका प्रशस्त संकेत देखिएको बताएको छ । आज अर्थमन्त्रालयमा अर्धवार्षिक समिक्षात्मक कार्यक्रम नै आयोजना गरेर चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा अर्थतन्त्रमा पर्याप्त सुधारको संकेत देखिएको दाबी गरेको हो ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलसहितको मन्त्रालयकाे जम्बाे टिम बसेर आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रमा सुधार आएको तथ्यांक प्रस्तुत गरियो । जसमा आर्थिक वर्ष २०८०/८१ को ६ महिना (पुस मसान्त)मा राजश्व वृद्धि १२.७ प्रतिशतको छ ।

यस्तै, सरकारको खर्च वृद्धि १७.८ प्रतिशतले बढेको तथा २.११ प्रतिशतले वित्तीय संस्थामा निक्षेप संकलन वृद्धि आएको तथ्यांकमा उल्लेख छ । यसबाहेक ३.३ प्रतिशतले निक्षेप संकलन बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धि २.२८ प्रतिशत बढेको छ ।

यस्तै, ४.४१ प्रतिशतले कर्जा वृद्धि हुँदा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ७९.०२ मा आइपुगेको छ । गत वर्षको यही अवधिमा यो अनुपात ८१.९७ प्रतिशतमा थियो ।

यस्ताे छ तथ्यांक