वास्तविक किसानको हातमा पुग्दैन कर्जा, कृषि कर्जाको नाममा बिचौलियाकै रजाइ  वित्तिय ज्ञान नहुँदा किसानले कर्जाको बारेमा बुझ्नै सकेनन

वास्तविक किसानको हातमा पुग्दैन कर्जा, कृषि कर्जाको नाममा बिचौलियाकै रजाइ  वित्तिय ज्ञान नहुँदा किसानले कर्जाको बारेमा बुझ्नै सकेनन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं । 
सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका मानिसहरुको जमात ठुलो छ । तर विदेशबाट थाकेर गाउँमै केही गर्छु भन्दै फर्किने मानिसहरुको संख्यामा पनि उल्लेखिय रुपमा वृद्धि भइरहेको छ । कसैले भैंसी पालेका छन, कसैले बाख्रा त कसैले तरकारी खेतीबाटै स्वदेशमै लाखौँ आम्दानी गरिरहेका छन । व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने  आफूलाई लागेपछि कृषि पेशा अंगालेका कृषकहरु ग्रामीणमै पनि खुशी देखिन्छन । उनीहरूले कृषि पेशालाई अँगालेर जुन खालको मेहेनत गरिरहेका छन् यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि शहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश केही कृषकहरुले दिएका छन् । तर विदेशबाट फर्केर स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्दै सपना देखेका युवाहरुलाई व्यवसाय विस्तारको लागि लगानीकै अभाव छ ।

सरकारले बजेटमै समावेश गरी कृषि कर्जा, सहुलियतपूर्ण कर्जा लगायतका ऋणका व्यवस्थाहरु पनि गरेको छ । अझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाटै वाणिज्य बैंकहरुलाई कम्तीमा पनि १५ प्रतिशत कर्जा लगानी कृषि केन्द्रीत हुनुपर्ने निर्देशन दिँदै आएको छ । अझ यो भन्दा पनि वाणिज्य बैंकका प्रतेक शाखाले कम्तीमा पनि ५ जनालाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशबाट फर्केका उद्यमी बन्न चाहने युवाहरुले १५ लाखसम्म विना धितो कार्जा प्रवाह गर्नुपर्ने व्यवस्था पनि कागजमा लेखिएको छ । तर यस्ता नियमहरु केही बैंक तथा वित्तिय संस्थाहहरुले पालना गरेको देखिन्छ भने केहीले कृषिमा लगानी गर्दा जोखिम बढ्ने डरले लगानी गर्नै नचाहेको देखिन्छ । 

कृषि कर्जा काठमाडौं आसपासमा मात्रै सिमित 

कृषि कर्जा काठमाडौं नजिकका जिल्लाहरुमा मात्रै प्रवाह हुने गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालसालै सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको प्रतिवेदन (अर्धवार्षिक) अनुसार आर्थिक वर्ष २०७८÷७९ को पुस महिनासम्म कृषि कर्जा प्रवाह भएको जिल्लामा काठमाडौं अघि छ । बैंक तथा वित्तीय संस्थाबाट बागमती प्रदेशको कृषि क्षेत्रमा परिचालित कर्जा आर्थिक वर्ष २०७८÷७९ वर्ष मात्रै ३.३ प्रतिशतले बढेर पुसससम्म १ खर्ब ३ अर्ब ४१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.२ प्रतिशतले बढेको थियो । कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ४.० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् ।

बागमतीभित्र कृषि क्षेत्रमा प्रवाहित कर्जामध्येमा काठमाडौं जिल्लाको अंश ४०.४ प्रतिशत छ । अर्थात् ४१ अर्ब ७३ करोड रुपैयाँ कृषि काठमाडौंमै परिचालन भएको छ । काठमाडौंले बागमतीमा उत्पादन हुने खाद्य तथा अन्य बालीमा ६.५ प्रतिशत मात्रै योगदान दिन्छ । त्यस्तै काठमाडौंले प्रदेशमा तरकारी बालीमा १० प्रतिशत र फलफूल तथा मसलामा ३ प्रतिशत मात्रै योगदान गर्छ । यस्तै दूधमा ११.९, मासुमा १.९, अण्डामा ११.९ र माछापालनमा ०.६ प्रतिशत मात्रै उत्पादनमा काठमाडौंको हिस्सा छ । सबै उत्पादनमा काभ्रे, चितवन लगायतका जिल्ला काठमाडौं भन्दा धेरै अघि छन् । तर, कृषि कर्जा भने काठमाडौंकै कृषि फर्म र कृषकहरुमा केन्द्रित भएको देखिन्छ । 
 

वास्तविक कृषकको हातमै पुग्दैन कर्जा 

प्रदेशको कुल कषि बाली र उत्पादनमा औसत ६.५ प्रतिशत मात्रै योगदान दिने काठमाडौंमा करिब ४१ प्रतिशत कृषि कर्जा परिचालित हुनुले कृषि कर्जा वास्तविक कृषक भन्दा पहुँचवालाको हातमा पुगिरहेको स्पष्ट हुन्छ । नीतीमा वाणिज्य बैंकका प्रतेक शाखाले कम्तीमा पनि ५ जनालाई सहुलियतमा कर्जा उपल्ब्ध गराउनुपर्ने नीतिमा भएपनि सो नीतिको वास्तविक किसानको हातमा नपुगेको स्वयम बैंकरहरु स्वीर्काछन । ग्रामिण शाखामा काम गरिरहेका एक वाणिज्य बैंकका शाखा प्रवन्धकले सहुलियतवाला यस्ता कर्जाहरु प्रवाहमा संचालकहरुकै दवाव आउने गरेको बताउँछन । नाम नबताउने शर्तमा उनले भने, ‘पहिलो कुरा धेरै ग्राहकहरुलाई त यस्ता विषयमा थाहै हुँदैन । थाह भएका कतिपय ग्राहकहरुलाई यस्ता कर्जाहरु सकिसक्यो भनेर फिर्ता पठाउनुपर्ने हाम्रो वाध्यता छ ।’  
भिडियो

 

कृषीलाई उपलब्ध हुने कर्जा के साँच्चै नै कृषकले पाएका छन् त ?

कृषीलाई उपलब्ध हुने कर्जा के साँच्चै नै कृषकले पाएका छन् त ? #bankingsamachar #bankingbahas #startup #business #entrepreneurship Full video: https://youtu.be/NBsLhqHrKg4

Posted by Bankingsamachar on Monday, July 25, 2022

कृषि कर्जामा चितवनको अंश २९.९ प्रतिशत, मकवानपुरको ६.४ प्रतिशत, काभ्रेपलाञ्चोकको ५.१ प्रतिशत, धादिङको ४.० प्रतिशत, नुवाकोटको ३.७ प्रतिशत, ललितपुरको ३.१ प्रतिशत, भक्तपुरको अंश २.४ प्रतिशत, सिन्धुलीको अंश १.८ प्रतिशत छ । यस्तै सिन्धुपाल्चोकको अंश १.२ प्रतिशत, दोलखाको अंश ०.७ प्रतिशत, रामेछापको अंश ०.६ प्रतिशत र रसुवाको अंश ०.६ प्रतिशत रहेको तथ्याङकले देखाउँछ । लक्ष्मी बैंकका संचालक समेत रहेका ग्लोबल इक्वीटी फंड नामक संस्थाका निर्देशक डा. मनिस थापा साँचिकै वास्तविक कृषको हातमा कर्जा नै नपुगेको जिकिर गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सहुलियतपूर्ण कर्जा भन्दै कम्तीमा पनि १५ लाखसम्मको रकम बिना धितो प्रदान गर्नुपर्ने प्रावधान छ । अझ यसलाई बढाएर २५ लाखसम्मको कर्जा बिना धितो प्रवाह गर्नुपर्ने भनिएको छ । महिलाको नाममा गरिएका व्यापार व्यवसायमा पनि कर्जामा सहुलियत छ । तर कर्जा बीचमै हराइरहेको छ ।’ 

वित्तिय शिक्षा नपुग्दा कृषि कर्जाको बारेमा थाहै भएन 

गाउँ–गाउँमा वित्तिय शिक्षा नपुग्दा कृषि कर्जाको बारेमा जानकारी नै नभएको पाइएको छ । बैंकिङ्ग समाचारमा आएका अधिकांश गुनासा र जानकारी अनुसार मुलुकका विभिन्न भुभागमा कृषि कर्जाका बारेमा थाहै नभएको पाइएको हो । अधिकांश कृषि कर्जाहरु काठमाडौं आसपासमा मात्रै सिमित भएको राष्ट्र बैंककै तथ्याङक हेर्दा पनि वित्तिय शिक्षा नपुग्दा ग्रामिणस्तरमा कृषि कर्जा नपुगेको अनुमान लगाउन सकिन्छ । विशेषगरी कृषि कर्जाको बारेमा बुझ्नलाई वित्तिय ज्ञान आवश्यक पर्दछ । बैंक तथा वित्तिय संस्थाहरुले अत्यन्तै जटिल र अफ्ठयारा कृषि कर्जाका प्रोडक्टहरु बजारमा ल्याउँदा वास्तविक किसानहरुलाई बुझ्न अफ्ठयारो हुन्छ नै । फेरि बैंकहरुले गर्ने सामाजिक उत्तरदायीका कार्यक्रमहरु पनि ग्रामिण भेगमा नभई शहरबजारमा मात्रै सिमित हुँदा त्यसको उपयोगिता पनि त्यती धेरै नभएको पाइन्छ । त्यसले गर्दा विशेषगरी कृषकहरु बैंक तथा वित्तिय संस्थाहरुले दिने अनेकौं किसिमका कर्जाहरुमा अनविज्ञ भइरहेको पाइन्छ ।
भिडियो

 

मानिसले काम गर्दा–गर्दै पनि, आम्दानी हुँदा–हुँदै पनि अझै जिवनस्तर जस्ताको तस्तै छ । यस्तो किन ? …

मानिसले काम गर्दा–गर्दै पनि, आम्दानी हुँदा–हुँदै पनि अझै जिवनस्तर जस्ताको तस्तै छ । यस्तो किन ? Nabil Bank, CEO, Anil Keshary Shah

Posted by Bankingsamachar on Wednesday, January 12, 2022

कृषि विकास बैंक भन्छः कृषि क्षेत्रमा ५६ अर्ब भन्दा बढि लगानी 

नितान्त कृषि उपज र त्यसको व्यवस्थापन र विकासको लागि भन्दै खोलिएको कृषि विकास बैंक भने आफुहरुको पुरा ध्यान त्यतातिर भएको बताउँछ । कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले विदेशबाट स्वदेशमै केहि गर्छु भन्दै फर्केका युवाहरुका लागि विशेष योजनाहरु तयार पार्दै काम गरिरहेको बताउँछन । उनी भन्छन, ‘ कृषि विकास बैंकको कुरा गर्दा हाम्रा सबै योजना नै युवाहरुलाई स्वरोजगार बनाउनेतर्फ केन्द्रीत छ । हामीले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा सजिलैसँग कर्जा प्रवाह गर्ने गरेका छौँ । हाम्रा कतिपय शाखाहरु कृषिमै आधारित छन । र सजिलैसँग कर्जा प्रवाहरु भइरहेको तथ्याङकले पनि देखाउँछ ।’  उनका अनुसार अब किसान कार्डबाट पनि आफ्ना सेवाहरु मोवाइलबाटै प्रदान गर्ने योजना भइरहेको छ । अझ भन्दा ५६ अर्ब भन्दा बढि रकम आफुहरुले कृषि क्षेत्रमै लगानी भएको उनले बताए ।

कृषि विकास बैंकका सिइओसँग गरिएको कुराकानी (भिडियो)