काठमाडौं – सरकारी संस्था दुग्ध विकास संस्थाले काठमाडौं महानगरलाई सम्पत्ति कर बुझाएको छ । काठमाडौं महानगरले दिएको जानकारीअनुसार लैनचोरमा रहेको संस्थाले १ करोड रुपैयाँभन्दा बढी कर बुझाएको हो ।
२०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले आज १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको महानगरले जानकारी दिएको छ । वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा र सम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो ।
प्रतिक्रिया