बैंकका कर्मचारीलाई मोटिभेसनः आफु छैन त जिन्दगी नै छैन 

बैंकका कर्मचारीलाई मोटिभेसनः आफु छैन त जिन्दगी नै छैन 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आकर्षक तलब र अनेक सुविधाका कारणले बैंक तथा वित्तिय संस्थाहरुमा जागिर खानेको घुँइचो छ । तर, धेरै घण्टौंसम्म काम गर्नुपर्ने बाध्यताले गर्दा कतिपय कर्मचारीहरुको मानसिक स्वास्थमा असर परेको देखिन्छ । सधैँ तनावग्रस्त देखिने कर्मचारीहरु मानसिक रुपमा कसरी स्वस्थ रहन सक्छन ? यसै विषयमा केन्द्रीत रहेर मानसिक स्वास्थ्यका क्षेत्रमा उल्लेखीय काम गर्दै आइरहनुभएकी ह्याप्पी माइन्डस डट हेल्थकी प्रवन्धक एवंम संस्थापक श्रेया गिरिसँग बैंकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः
पुरा भिडियो

हामी कसरी खुशी रहन सक्छौँ ?

खुसी हुन एउटा मात्र उपाय त हुँदैन, तर जब मान्छेले आफुले चाहेको कुरा गर्न सक्छ, बोल्न, सोच्न र आट्न सक्छ तब मान्छे खुसी रहन सक्छ जस्तो लाग्छ ।

के पैसाले मात्रै मानिस खुशी रहन सक्छ ? 

पैसाले मान्छेको जीवनको क्वालीटीमा केही असर गर्न सक्छ । पैसाले  थोरै खुशीमा झन खशी थपिदिन सक्छ । तर पैसाले मात्रै जीवनमा सधैँभर खुशी मात्रै थपिदिन्छ भन्ने हुँदैन । विश्वका निकै चर्चित अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिकंन देखि मार्टिन लुथर किङ र अन्य निकै चर्चित संगितकारहरु पनि कति धेरै धनी र चर्चित छन । तर त्यस्ता व्यक्तीहरुमा पनि मानसिक समस्याका धेरै समाचारहरु हामीले सुनिराखेका हुन्छौँ । त्यसलाई नै उदाहरणको रुपमा लिन सकिन्छ कि, पैसाले मात्र मान्छे खुशी हुन सक्दैन । 

सोच र व्यवहारमा कसरी परिवर्तन ल्याउन सकिन्छ ? निराश जीवनमा रस र आशा जगाउन के के काम गर्नुपर्छ ?

सबैभन्दा सुरुमा त मलाई के कुराले निराश बनाइराखेको छ भन्ने बारेमा थाहा पाउनुपर्यो । के म एकछिनको लागि मात्र निराश भएको हो कि, धेरै लामो समय भयो ? त्यसपछि के कुराले निराश भएको थाहा पाएपछि आफ्नो वरपरको मान्छे तथा साथी/भाईसँग सहयोग माग्नुपर्याे, कहिलकाहीँ गाह्रो अवस्थामा मेरो जिन्दगी यस्तै नै हो, यस्तो नै रहेछ भन्दै सोचिएको हुन्छ । तर त्यस्तो अवस्थामा पनि सकारात्मक सोच्न सक्नु पर्याे । त्यसपछि मात्र निराश जीवनमा रस र आशा जगाउन सकिन्छ । 
\"\"

कस्तो मानिसलाई मानसिक रुपमा (mentally fit) स्वस्थ भन्न सकिन्छ ? अथवा मानसिक रुपमा स्वस्थ भइरहन के–के काम गर्नुपर्छ ? 

मानसिक रुपमा स्वस्थ हुनलाई यो–यो हुनुपर्छ भनेर आजसम्म कुनै शब्दकोषमा त लेखिएको छैन । तर मानसिक रुपमा तन्तुरुस्त हुनलाई दैनिक व्यायाम गर्नुपर्याे, आफुसँग मिल्ने मानिसहरुसँग कुराकानी गर्नुपर्याे । तर यस्तो रोग लागेको मान्छे प्रायः मानिसहरुसँग कमै मात्रामा घुलमिल हुने गर्छन । मानिस सामाजिक प्राणी भएकोले केही न केही रुपमा कुराकानी त गर्नुपर्ने हुन्छ । आफुलाई मन लागेको कुरा गर्दा आफु खुशी हुन सक्नुपर्याे । समयमा सुत्ने, निन्द्रा लाग्ने, खानामा रुचि राख्ने । यी कुरामा सन्तुलित रुपमा अगाडी जानु भयो भने त्यस्ता व्यक्तीहरुलाई  मानसिक रुपमा स्वस्थ भन्न सकिन्छ । 

कर्मचारी र कामदारहरुलाई आफ्नो काममा दृणता प्रदान गर्नको लागि के गर्नुपर्ला ? अथवा उनीहरुलाई सधैभरी मोटिभेट (motivate) बनाइराख्न के–के काम गर्नुपर्ला ? 

एउटा राम्रो भनाई छ, म छु र त संसार छ । तपाई मानसिक, बौद्धिक, भावनात्मक रुपमा स्वस्थ हुनुहुन्छ भने मात्र तपाईले राम्रो काम गर्न सक्नुहुन्छ । काममा ध्यान दिन सक्नुहुन्छ । त्यसैले आफु छैन त जिन्दगी नै छैन । आफ्नो स्वास्थमा ध्यान दिनुस् । हजुरले ईन्टरनेट तथा किताबमा पढिसक्नुभयो कि, हजुरलाई थाहा छ । मैले के खाएपछि म फिट हुन्छु भनेर । यदि यस्ता कुराहरु थाहा छन भने त्यो कुराहरुलाई प्रयोगमा ल्याउँनुस् । त्यसलाई बानी बनाउनुपर्याे । यस्ता काम गरेपछि मात्र तपाई काममा जानुहुन्छ । त्यसपछि काम गर्न सजिलो हुन्छ । त्यसपछि म किन यहाँ छु, के–को लागि भन्ने हुन्छ, त्यति हुदाँ–हुदै पनि गाह्रो भयो भने अरुसँग कुरा गर्न सक्नुपर्याे । आफ्नो कम्पनी हाकिमसँग त बोल्न डर लागिहाल्छ । तर पनि आफुलाई परेको बेला र एकदमै गाह्रो भयो भने बोल्न सक्नुपर्छ । कि त सहयोगको लागि बोल्न सक्नुपर्छ । कि त आफ्नो भावना अरुलाई भन्न सक्नुपर्छ । 
 

 

म छु र त संसार छ । आफु छैन त जीन्दगी नै छैन ।

म छु र त संसार छ । आफु छैन त जीन्दगी नै छैन । #bankingsamachar #bankingbahas #happyminds #mental #health Full video: https://youtu.be/da_Eg1gw08E

Posted by Bankingsamachar on Monday, July 11, 2022

बोल्दै नबोल्ने मान्छेले कसरी आफ्नो भावना बताउँछ ? 

उदाहरणको लागि यदी हामीले हाम्रा मनका भावनाहरुलाई मनभित्रै गुम्स्याएर राखिराख्यौं भने त्यसले भविष्यमा पक्कै समस्या निम्त्याउँछ । बोल्दै नबोलेर समस्या आफुसँगै राख्दै जानु भयो भने, त्यो पनि बढी भएर पाखिन्छ । यस्तो समस्या कुन ठाउँमा, कसरी निस्किन्छ त्यो त हामीलाई थाहै हुँदैन । त्यसैले रोक्न कसरी सकिन्छ त ? एकदमै गाह्रो भयो भने, थेरापी गर्नुपर्यो, घर परिवारसँग बोल्न सकियो, बोलेर हुदैन भने दैनिक व्यायाम गर्दा फाइदा हुन्छ । मेडिटेसन पनि गर्न सकिन्छ । साथै, अरु तरिकाले पनि मानसिक रोगलाई रोक्न सकिन्छ । 

आकर्षक तलबका कारण यतीबेला बैंकिङ क्षेत्रमा जागिर खान इच्छुक मानिसहरुको संख्या बढ्दो छ । तर धेरै घण्टा (यिलन जयगचक) काम गर्नुपर्ने बाध्यताले गर्दा कतिपय बैंकका कर्मचारीहरुको स्वास्थमा असर परेको देखिन्छ । यसको समाधान के हुनसक्छ ? 
\"\"
तनाव त सबै काममा हुन्छ । यो स्वभाविक हो । तर तनाव पनि सही र गलत हुन्छ । यो तनाव कहाँबाट आईरहेको छ ? त्यसको जानकारी आफुलाई हुनुपर्याे । सबै दबावको समाधान हुनसक्छ तर सबैलाई एकै प्रकारको समाधानले काम गर्न नसक्ला । त्यसैले आफ्नो तनावको जड कहाँ हो त्यो पत्ता लगाउनुपर्छ । त्यसपछि मात्रै सही समाधानको बाटो अप्नाउन सकिन्छ । हामीले करिब ८ देखि १० घण्टा काम गरिसकेपछि सुत्नु भन्दा अघि १० मिनेट भएपनि दिमागलाई तनाव मुक्त गरेर सुत्न सक्नुपर्छ । मानासिक रुपमा ठिक हुनको लागि अलिकति पनि समय छैन भन्न मिल्दै मिल्दैन । दिनमा १०/२० मिनेट छैन भने तपाईले आफ्नो शरीरको ख्याल गर्नुभएकै छैन भन्ने बुझिन्छ । 

समयको व्यवस्थापनले मात्रै मानसिक तनावको समस्या समाधान हुन सक्ला र ? 

एक हिसाबले भन्नुपर्दा हो । किनभने आज, भोलि, पर्सी गर्नुभयो भने यसको असर अवस्य पनि देखिँदै जान्छ । सुरुमा साथीभाईहरुसँग कुरा गर्ने परिवारको सदस्य अनि त्यो बाट पनि नभएको अवस्थामा मनो चिकित्सकहरुसँग गएर कुरा गर्न सक्नुपर्याे । मनो चिकित्सकले तपाईको कुरा कसैलाई पनि नभन्ने भएकोले खुलस्त भन्दा केही फरकै पर्दैन । 

विशेषगरी महिला कर्मचारीहरुलाई घरको चुलो चौको पनि सक्नुपर्ने र अफिसको काम पनि गर्नुपर्ने नेपालको (अगतिगचभ) चलन छ । बच्चाको रेखदेख पनि उनीहरुकै जिम्मेवारीमा हुन्छ । यस्तोमा महिलाहरुलाई बढि मानसिक असर पर्नसक्छ । यसको समाधानको लागि आम महिला कर्मचारीहरुलाई कसरी काम गर्न सुझाव दिनुहुन्छ ?
\"\"
मलाई यो महिलाको मात्रै समस्या भन्दा पनि महिला र पुरुषबीचको भिन्नता जस्तो लाग्छ । विवाह गरिसकेपछि महिलाले नै घरको काम गर्नुपर्छ भन्ने त छैन । परिवारभित्रै काम, कर्तव्य र दायित्वलाई भाग लगाउन सक्नुपर्छ । एउटा केटा मान्छे हो भन्दैमा भान्सामा जानै हुँदैन भन्ने छैन । दुबै जना काम गर्न जान्छन् भने मिलेर घरको काम गर्नुपर्याै । हुन त हाम्रो पुरातन सोचको कारणले पनि यस्तो हुन गएको हो । तर पनि कामलाई बाडफाँड गर्न सकियो भने महिलालाई मात्र धेरै बोझ हुने थिएन । घरमा भएका सदस्यले कामलाई भाग लगाएको खण्डमा महिलालाई त्यति धेरै बोझ पनि हुँदैन । र मानसिक रुपमा पनि धेरै तनाव हुँदैन । दिनमा तीन पटक खाना बनाउनुको साटो एक पटक खाना बनाउन मिल्ने छ भने त्यसरी पनि घरको काम बाट महिलाको बोझलाई कम गर्न सकिन्छ साथै, घरको कामलाई सबैले मिलेर गर्दा धेरै तनाव पनि हुँदैन । 

 

कुनै महिलाले घरको र अफिसको काममा सन्तुलन कसरी बनाउने ?

कुनै महिलाले घरको र अफिसको काममा सन्तुलन कसरी बनाउने ? #bankingsamachar #bankingbahas #happyminds #mental #health Full video: https://youtu.be/da_Eg1gw08E

Posted by Bankingsamachar on Tuesday, July 12, 2022

नेपालभरी मानसिक स्वास्थ प्रवद्र्धन गर्ने भन्दै तपाईहरु लाग्नुभएको थुप्र वर्ष भइसकेको छ । नेपालको मानसिक स्वस्थको स्थर कहाँ रहेछ ? के पाउनुभयो ?

लण्डनमा बसेर पढ्दा म आफैँलाई एकपटक पनि निकै गाह्रो भयो । लकडाउनको बेला थियो त्यसबेला मलाई मनोपरामर्श अर्थात चिकित्सकको आवश्यकता पर्यो । लकडाउनका कारण अनलाईनमार्फत परामर्श खोज्दा नेपालमा कतैपनि भेटिएन ।  अझ मलाई नेपाली भाषामा बोल्ने मनोचिकित्सकको खाँचो थियो ता की उसले म बोलेको कुरा प्रष्ट बुझोस ।  त्यसवखत मलाई एउटा थेरापिष्ट खोज्ने एक महिना लाग्यो ।  मलाई गाह्रो भयो मलाई हेल्प चाहियो भन्दा पनि निकै गाह्रो हुँदो रहेछ । त्यो भन्दा पनि सहयोग पाइएन भने झन गाह्रो बनाउँने रहेछ । म जब नेपाल आँए । आफु जुन अवस्थाको सिकार हुनुपर्यो अव भविष्यमा कसैले पनि त्यस्तो अवस्था भोग्नु नपरोस भन्ने ध्यायले यो संस्था सञ्चालनमा ल्याएको हो ।  कोभिड संक्रमणको बीचमाा हामीले यो संस्था सञ्चालन गर्यौ । सुरुमा अनलाईन मार्फत मात्रै खोल्यौं । अहिले हामी नेपालको सबै प्रदेशमा र विदेशमा बस्ने नेपालीको लागि पनि यो सेवा खुल्ला गरेका छौँ । बाहिर बस्ने नेपालीहरु लगायत नेपालमै बस्ने नेपालीको जहाँ फोन र इन्टरनेट चल्छ त्यहाँसम्म सहयोग गर्न हामी तयार छौँ । 

 

मानसिक स्वास्थ्यको कुरा गर्दा विदेशमा र नेपालमा के भिन्नता पाउनु भएको छ ?

मानसिक स्वास्थ्यको कुरा गर्दा विदेशमा र नेपालमा के भिन्नता पाउनु भएको छ ? #bankingsamachar #bankingbahas #happyminds #mental #health Full video: https://youtu.be/da_Eg1gw08E

Posted by Bankingsamachar on Tuesday, July 12, 2022