बैंकिङ्ग समाचार, काठमाडौं ।
गत आर्थिक वर्ष (आव) २०७८/७९ को असार मसान्तसम्म माछापुच्छ्रे बैंक लिमिटेडको खुद मुनाफा ३४ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवको असार मसान्तसम्म २ अर्ब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जत गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा यो बैंकले १ अर्ब ६० करोड रुपैयाँ मुनाफा गरेको थियो ।
बैंकको फि एण्ड कमिशन, सञ्चालन मुनाफा तथा खुद ब्याज आम्दानी बढेसँगै नफामा वृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेर ५ अर्ब ७ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३५ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यसैगरी बैंकको सञ्चालन आम्दानी पनि करीब १९ प्रतिशत वृद्धि भएको छ । यो बैंकले असार मसान्तसम्म ६ अर्ब ३२ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत आवको असार मसान्तसम्म बैकको यस्तो आम्दानी ५ अर्ब ३२ करोड रुपैयाँ मात्र थियो ।
त्यसैगरी बैंकले फि एण्ड कमिशनबाट १ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ । एक वर्षको अन्तरालमा बैंकले फि एण्ड कमिशनबाट प्राप्त हुने रकम करीब १५ प्रतिशतले वृद्धि गरेको हो ।
बैंकले जगेडा कोष रकम साढे ३२ प्रतिशतले वृद्धि गरेको छ । असार मसान्तसम्मा बैंकको जगेडा कोष रकम ३ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यो बैंकको जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ थियो । गत आवमा बैंकले चुक्तापूँजी १३ दशमलव ३० प्रतिशतले वृद्धि गरेको छ । बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ पुुगेको छ ।
बैंकको खराब कर्जा शून्य दशमलव ८४ प्रतिशत रहेको छ । अघिल्लो आवको तुलनामा खराब कर्जा बढेको हो । गत आवको असार मसान्तसम्म बैंकको खरब कर्जा शून्य दशमलव ६२ प्रतिशत थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ । स्प्रेडदर ४ दशमलव ३३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया