बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तिय संस्थाले विपन्न परिवारहरुलाई लक्षित गर्दै मोरङ्गको डाईनिया गाउँपालिकामा निःशुल्क ट्यिुसन सेन्टर सञ्चालन गरेको छ । संस्थाको केन्द्रिय कार्यलय र शाखाको समन्वयमा उक्त गाउँपालिकामा निःशुल्क ट्यिुसन सेन्टर संञ्चालनमा ल्याएको छ ।
कति परिवार छोरा/छोरी पढाउनकै लागि भएपनि सहर पस्ने गरेकोमा मोरङ्गको डाईनियाका विपन्न परिवार बाध्य भएर विद्यालय त पठाउँछन तर सरकारी विद्यालयको स्तर निकै कमजोर छ । घरमा कुनै न कुनै सदस्य शिक्षित भएको भए निकै सहज हुन्थ्यो । तर विपन्न परिवारको कुनै पनि पिढीले पढेका छैनन् ।
उनीहरुको पेशा नै मजदुरी गर्ने हो । तर पछिल्लो समय समाज परिवर्तनले केही हद सम्म भएपनि यी मजदुरहरुको परिवारमा पनि बालबच्चा पढाउने चेतनाको भने बिकास भएको छ । तर बिधालयबाट आएपछि धुलो मैलो मडारिने बालबालिका आजभोलि भने पढ्न थालेका छन् । यसको कारण हो निःशुल्क ट्यिुसन सेन्टर । जीवन विकास लघुवित्त वित्तिय संस्थाले श्रमजीवी तथा आर्थिक रुपमा विपन्न भएका घरपरिवारको लागि कसैको आवास बनाइदिने, पढ्न लेख्न सिकाउने, खेतबारीमा सहयोग गर्ने, कृषि उपजको बजारीकरण र ब्यापारीकरण लगायतका थुप्रै कामहरुमा सहयोग गर्दै आइरहेको छ । यस्तै विकास निमार्णका कामहरुलाई तिब्रता दिँदै संस्थाले विपन्न परिवारका छोरा–छोरीलाई ट्यिुसन पढाउने कामको पनि सुरुवात गरेको हो ।
सामान्यतः आर्थिक अवस्था कमजोर भएको परिवारका छोरा–छोरीलाई महंगो विधालयमा पढाउन सोच्न नसकिने र सरकारी बिद्यालयको शैक्षिक स्तर पनि कमजोर भएको अवस्थाले मध्यनजर गर्दै संस्थाले यस्तो कदम चालेको संस्थाको केन्द्रीय कार्यालयकमा लघुवित्त विभाग अन्तर्गत उद्यम तथा ग्राहक सुरक्षा मामिलामा कार्यरत मनोज शर्माले बताए । उनले भने, ‘बिद्यालयबाट आउँने वित्तिकै धुलो मैलोमा खोल्न जाने, शिक्षकले विद्यालयमा दिएको गृहकार्य नगर्ने, साथिहरुसँग खेल्न जाने, अनैतिक कामहरु गर्ने लगायतका थुप्रै कार्यहरु नियन्त्रण हुन्छन भन्ने हाम्रो अपेक्षा छ । त्यसैले ट्युसन सेन्टर स्थापनापछि उनीहरु अहिले बिद्यालयबाट आउँने वित्तिकै अतिरिक्त शिक्षाको लागि तयार हुने गरेको हामीले पाएका छौँ । यसले बालबालिकाको भविष्यलाई बलियो बनाउँनमा मद्दत पुग्ने हाम्रो अपेक्षा छ ।’
हालसम्म संस्थाले ५ ओटा निःशुल्क ट्यिुसन सेन्टर संञ्चालनमा ल्याएको छ । अबको केही महिनामा नै १५ ओटा निशुल्क कक्षाहरु संञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । संस्थाको भावि योजनामा भने यसलाई अझ प्रभावकारी बनाउने र थप कक्षाहरु पनि संञ्चालन गर्ने भएको छ । जुन आर्थिक बर्ष २०७९/८० मा १ सय भन्दा बढि सेन्टर सञ्चालन गर्ने योजना संस्थाको छ ।
प्रतिक्रिया