काठमाडौं – नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । आज नयाँ मूल्य सार्वजनिक गर्दै निगमले पेट्रोल र डिजेलको मूल्य बढेको र हवाई इन्धनको मूल्य घटेको जानकारी दिएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको छ । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर अमेरिकी डलर १५ ले घटेको छ ।
यो मूल्य आजै राती १२ बजेदेखी लागू हुने निगमका प्रबक्ताले जानकारी दिएका छन् ।
प्रतिक्रिया