सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिको धनी प्रदेश होः मन्त्री पाण्डे 

सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिको धनी प्रदेश होः मन्त्री पाण्डे 


काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको उद्घोष गरेका छन् । सुदूरपश्चिम कलाकार समाजद्वारा आयोजित पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । 

 मन्त्री पाण्डेले भने ,’सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिले धनी प्रदेश हो। यहाँको कला क्षेत्रलाई मुलधारमा ल्याउन सफल कलाकारहरू प्रति उच्च सम्मान छ।दूर दराजमा रहेका हाम्रा भाषा,संस्कृतिलाई मूलधारमा ल्याउने तपाईँहरूकाे भूमिका महत्त्वपूर्ण छ।’

उनले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यस पर्वलाई रात छोटा र दिन लामा हुनुका साथै  चिसो मौसम अन्त्य भएर न्यानो मौसमको सुरुवातको रूपमा मनाउने गरेको बताए । मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहनतका कारण दूर दराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगेको बताए ।

उनले सुदूर पश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताए ।उक्त  समारोहमा देउडा सम्राट् एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य  नन्दकृष्ण जोशी लगायतका दर्जनौँ कलाकारहरूले आफ्नो प्रस्तुति ,छलिया नाच,देउडा नाच समेत प्रस्तुत गरेका थिए ।