आधा दर्जन बढी आयोजना मर्मत गर्न प्राधिकरणद्वारा टेन्डर आह्वान

आधा दर्जन बढी आयोजना मर्मत गर्न प्राधिकरणद्वारा टेन्डर आह्वान


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले एकसाथ आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना मर्मत सम्भारका लागि टेन्डर आह्वान गरेको छ ।

प्राधिकरणले माथिल्लो त्रिशूली थ्री ए हाइड्रो, कुलेखानी प्रथम हाइड्रो, कुलेखानी द्वितीय, कुलेखानी तेस्रो मर्मतका लागि टेन्डर आह्वान गरेको हो ।

प्राधिकरणले गण्डक हाइड्रो, सुनकोशी हाइड्रो, इलाम (पुवाखोला) हाइड्रो र सुनसरी चतरा हाइड्रोमा समेत निर्माणका लागि टेन्डर निकालेकाे छ ।