‘डिजिटल सेवामा बैंकहरुले ग्राहकलाई ‘च्वाईस’ दिनुपर्छ, नियमनकारीले नितिगत सुधार गर्नुपर्छ’  

‘डिजिटल सेवामा बैंकहरुले ग्राहकलाई ‘च्वाईस’ दिनुपर्छ, नियमनकारीले नितिगत सुधार गर्नुपर्छ’  

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यतीबेला बैंकहरुले डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन । अनलाइन बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पीएसओ, क्युआर कोड लगायतका सेवाहरु यतीबेला सहर बजारममा छ्याप्छ्याप्ती भेटिन्छन । डिजिटल बैंकिङ्ग भन्ने वित्तिकै बैंकहरुले दिने डिजिटल कार्डहरु पनि पर्दछन । यसमा एटीएम कार्ड क्रेडिट कार्ड, डलर कार्ड लगायतका कार्डहरु पनि पर्दछन । यस्ता सेवाहरु बैंकबाट कसरी लिने ? कुन कार्डले कस्तो काम गर्छ ? डिजिटलको यो पुरा संजाल कहाँबाट उत्पन्न भइरहेको छ ? यसको व्यवस्थापन कसले गरेको छ ? लगायतका थुप्रै विषयमा स्मार्ट च्वाईस टेक्नोलोजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुसँग बैंकिङ्ग समाचारका मनोज रेग्मीले गरेको कुराकानीः 

पुरा भिडियो हेर्नुहोस्

स्मार्ट च्वाईस टेक्नोलोजी कस्तो संस्था हो । यसले कसरी काम गरिरहेको छ ?

स्मार्ट च्वाईस टेक्नोलोजी भनेको नेपालमा २० बर्ष अगाडी स्थापना भएको र नेपालमा पहिलो पटक कार्ड (एटिएम मार्फत पैसा निकाल्न सकिने) गरेर स्थापना भएको संस्था हो । स्मार्ट च्वाईस टेक्नोलोजी नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त साथै, नेपालमा वित्तिय संस्थाहरुद्धारा प्रवद्र्धन गरिएको संस्था हो । हामी बिशेष गरी एटिएम कार्ड मार्फत सेवाहरु दिँदै आएका छौं । बिशेषगरी नेपालमा भुक्तानी प्रणालीको क्षेत्रमा काम गर्छौ । नेपाल राष्ट्र बैंकबाट पेमेन्ट सर्भिस अप्र्रोटर (पीएसओ) को लाईसेन्स लिएर खोलेको एउटा संस्था हो स्मार्ट च्वाईस टेक्नोलोजी (एससीटी)। 

स्मार्ट च्वाईस टेक्नोलोजीसँग प्रयोगकर्ताहरुको सोझो सम्बन्ध हुन्छ कि हुँदैन ? 

हुँदैन, हामी राष्ट्र बैंकको निर्दाेशन अनुसार बैंक तथा वित्तिय संस्थाहरुलाई पेमेन्ट सर्भिस प्रोभाईडर (पिएसपी) अर्थात भुक्तानीसँग जोडिएको सेवाहरु दिने काम गर्छौ । यसमा बैंकहरु पर्छन भने अरु वालेट अपरेटर देखि लिएर, जो–जो कम्पनी पेमेन्टसँग काम गर्छ उनीहरुलाई मात्र हामी सेवा प्रदान गर्छौ ।  तर त्यस प्रकारको सेवा जाने भनेकै अनौपचारिक रुपमा आम ग्राहकहरुलाई नै हो । 

भनेपछि बैंक तथा वित्तिय संस्थाहरुले प्रयोग गर्ने धेरै डिजिटल प्रणालीको बाटो सजिलो बनाइदिने तपाईहरुको काम हो ? अवस्य पनि हामी (पिएसओ) को प्रमुख भुमिका नै त्यही हो । हामीले बैंकहरुलाई त्यसै प्रकारको सेवा दिएका छाँै । बैंकहरुले आफ्नो डिजिटल बैंकिङ्ग अर्थात जुन हामीले अहिले डिजिटल ट्रान्सपोमेसन भनिरहेका छौँ, त्यसमा उहाँहरु हामीसँग सहकार्य गर्दै डिजिटल भुक्तानीका सम्बन्धमा थुप्रै सुविधाहरु लिँदै आइरहनु भएको छ । वास्तममा भन्दा हाम्रै कारणले बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई डिजिटल सेवाहरु दिन सकिरहेका छन । 
\"\"

डेबिट कार्ड, क्रेडिट कार्ड र डलर प्रिपेड कार्डमा के फरक छ ? 

एससीटीले २० बर्ष अगाडीदेखि एउटा ब्राण्ड बनाउँदै आइरहेको छ । त्यो हिसाबले कार्डको नाम नै एससीटी रहन गयो । एससीटी कार्डहरु जस्तै नेपालमा अरु कार्डहरु पनि छन् । भिजा कार्ड, माष्टर कार्ड, तर यी भनेका कम्पनीका उत्पादनहरु हुन । हामीले अन्तराष्ट्रिय ब्राण्डहरुलाई नबेचेर, नेपालमा नै उत्पादन भएको कार्डलाई प्रोत्साहन गर्नको लागि बेचिरहेका छौ । यसमा हामीले दिन सुविधाहरु अन्तराष्ट्रिय कार्डहरुले जुन सुविधाहरु दिइरहेका छन त्यही नै हो । डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपे्रट कार्डहरु प्रकृति अनुसार फरक पर्दछन । 

डेबिट कार्ड भनेको खातामा राखेको रकम एटिएम कार्डबाट झिक्दा सिधै डेबिट हुने भएकोले त्यसलाई डबिट कार्ड भनिएको हो । अर्थात तपाईको खातासँग सम्बिन्धीत भएको एकाउन्ट नै डेबिट कार्ड हो ।क्रेडिट कार्ड भनेको कर्जा हो । यसमा बैंकमा खाता नै नभए पनि बैंकले दिएको कार्डबाट पैसा निकाल्न सकिन्छ । साथै पसलमा कुनै सामान किन्दा पैसा भुक्तानी गर्दा कार्ड स्वाइप गर्न सक्नुहुन्छ । क्रेडिट कार्डबाट लिएको पैसा तपाईले लगत्तै बैंकलाई तिर्नु पर्दैन । बैंकले तपाईलाई ४५ दिनको समय सिमा दिएको हुन्छ । त्यो समय सिमाभित्र पैसा भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन । यसको अर्थ तपाइले ४५ दिनको क्रेडिट पाउनुभयो । त्यसैले यसलाई क्रेडिट कार्ड भनिएको हो । यसमा बैंकहरुको आफ्नै नियम हुन्छ । समयमा क्रेडिट भुक्तानी नगरेमा तपाईलाई ब्याज लगाउनेदेखि लेट पेमेन्ट फि लगायतका थुप्रै चार्जहरु बैंकले लिन सक्दछ । 

यस्तै प्रिपेड कार्ड अलिक फरक छ । यात्रा गर्दा अथवा केही अस्थाई रुपमा भुक्तानीको माध्यम कार्ड प्रयोग गर्नुपर्यो भने प्रिपेड कार्ड कसैको लागि उचित अप्सन हुन सक्छ । म खाता पनि खोल्न चाहन्न तर मलाई केही दिनको लागि कार्ड चाहियो भने यो कार्डमा पहिल्यै पैसा भुक्तानी गरी देशविदेश जानेहरुको लागि प्रिपेड कार्डबाट सजिलै भुक्तानी गर्न सकिन्छ ।  

तपाईहरुले बजारमा बाँडिरहनुभएको एससीटी यूपिआई कार्ड का विशेषताहरु के–के हुन ?

एससीटी यूपिआई कार्ड हामीले आफ्नो कम्पनीको नाम जोडेर नेपालको लोगो ब्राण्ड बनाउने हिसाबले हामीले एससीटी भन्दै आइरहेका हौँ । विगतमा हामीले एससीटी कार्ड भनेर बेच्ने गथ्र्यौ त्यसबेला मास्टर कार्ड हुन्थ्यो । त्यो हाम्रै देशमा निर्माण भएको कार्ड थियो । अहिले अन्तराष्ट्रिय रुपमा चिप कार्ड आइसकेपछि कुनै– न कुनै अन्तराष्ट्रिय स्कृनसँग समन्व्य  नगरिकनै कार्ड निकाल्न नसक्ने भएपछि हामीले चाईनाको युनिक पेसँग सहकार्य गरेर एससीटी युपिआई कार्ड बजारमा ल्याउँदै छौँ । यो कार्ड हाल बजारमा भएको कार्ड भन्दा केही पनि भिन्नता छैन । तर बैंकहरुले छाप्न लगाउने कार्डको लगानीमा भिन्नता  भने छ । 
\"\"
वर्तमान अवस्थामा नेपालमा भिसा कार्डको डोमिनेन्ट छ, मास्टर कार्डको हालत पनि उस्तै छ । हामी अलिक पछि आयौं तर बैंकहरुले कार्ड छाप्न कति लगानी गर्छन त्यो लगानी गर्न नपर्नेगरी हामीले एससीटी यूपिआई ल्याएका छौँ । एउटा मात्रै प्रोडक्टको भिसा कार्ड हुँदा हामी एउटै प्रोडक्टमा मात्रै भर पर्नुपर्ने भयो । तर अब भने हामीले बैंकहरुलाई विकल्प दिएका छौँ । बैंकले कार्ड सर्भिस दिनको लागि क्यापिटल ईनभेष्टमेन्ट गरेको छ । बैंकहरुले भिसा कार्ड इस्यु गर्नको लागि कोल्याटर नै मात्र दशौं लाख डलर राख्नुपर्छ भने हामीमा त्यो राख्नु पर्देन । यता ग्राहकहरुले भने भिसा कार्ड चलाउँनु र एससीटी यूपिआई कार्ड चलाउनुमा कुनै भिन्नता छैन । यो डेबिट कार्ड नै हो ।

एटीएम कार्डबाट भारतबाट पनि निकाल्न सकिन्छ र एउटा पसलमा गएर समेत सामान खरिद गरेवापत भुक्तानी गर्न सकिन्छ ।  त्यसैले यसले ग्राहकलाई केही पनि फरक परेन । तर बैंकले भने अब कुन प्रोडक्ट बेच्ने बैंकलाई च्वाईस छ । त्यो च्वाईस अनुसार बैंकले प्रयोग गर्ने हो ।

त्यसो त बैंकहरुले दिने डिजिटल बैंकिङ्गका सुविधाहरु साँचिकै ग्राहक केन्द्रीत छन त ?  

नेपालमा सन् १९९७ मा एटीएम आएर सुरु गरेको डिजिटल बैंकिङ्गको यात्रा कोभिड पछि धेरै प्रयोगमा आयो । ग्राहकहरुले पनि यसलाई एउटा विश्वासको रुपमा प्रयोग गर्न थालिएको छ । तर आजको दिनमा बैंकहरुले यो डिजिटल बैंकिङ्गलाई कसरी लिईरहेको छ भन्दा नितान्त ग्राहकलाई सहयोग गर्ने हिसाबले नै हो । वर्तमानमा डिजिटल बैंकिङ्ग भनेको एउटा ग्राहकको आवश्यकता मात्र नभएर, बाध्यता पनि हो । आजको दिनमा यदि बैंकले डिजिटल प्रोडक्ट सर्भिसहरु दिन सकेनन भने बैंकले आफ्नो कामहरु गर्ने सक्दैन । हिजोको दिनमा बैंकको काउन्टरमा २ घण्टा लाईन बस्नु पर्ने अवस्था थियो तर आज बैंकमा ग्राहकहरु जानै छाडीसके ।

यसले गर्दा बैंकहरुको कम स्रोतमै कामहरु भएको देखिन्छ । विगतमा चेक बुक धेरै जान्थ्यो  स्टेटमेन्टहरु धेरै जान्थ्यो तर आज अवस्था फरक छ । बैंकहरुका ग्राहकहरु बढीरहेका छन । बढ्दै गएका ग्राहकलाई एउटा लिमिटेड स्रोतले सेवा दिन कठिन छ । त्यसैले बैंकहरुलाई यतीबेला डिजिटल टेक्नोलोजीको आवश्यकता छ । हामीले बैंकहरुमा एटिएममा नेपाली भाषा अग्रेजी भाष दुबैमा दिईरहेका छौँ । यसले गर्दा समान्य पढलेख गरेको व्यक्तीले पनि सजिलै हाम्रा सेवाहरु प्रयोग गर्न सक्दछ । बैंकहरुले यो प्रविधीलाई प्रयोग गरिरहेको छ । तर यो सँग–सँगै बैंकहरुले यसलाई एउटा आम्दानीको रुपमा पनि लिएर गईरहेको छ । यो ग्राहकको मात्र आवश्यकता नभएर यो एउटा बैंकको बाध्यता हो भन्दा फरक नपर्ला । तर बैंकले यसमा जति लगानी गर्नुपर्ने हो, अथवा जति लगानी गर्नु सक्ने हो, त्यसअनुसार लगानी भएको छैन । 

\"\"

तपाईहरुको स्मार्ट क्युवारको बजार आज कहाँ छ ? 

स्मार्ट क्यूआर नौलो भन्दा पनि बजारमा आईसकेको प्रोडक्ट हो । बजारका पेमेन्ट सोलुसनका सन्धर्वमा एउटामा मात्र भर पर्नु हुँदैन भन्ने हाम्रो धारणा छ । एउटा मात्र हामी भर पर्यौ भने  भोलि केही भइहाल्यो भने हामीसँग अर्काे बिकल्प नै हुँदैन । त्यसैले हामीसँग अल्टरनेट चाहिन्छ । त्यही हिसाबले बैंकहरुले पनि आफ्नो सेवा सुविधामा सबै अल्टरनेट राखेको हुन्छ । बैंकजस्तो संस्था जसले १० लाख ग्राहकहरुलाई सेवा दिईरहेको छ, त्यसैको लागि हामीले स्मार्ट क्युआर भनेर बजारमा आयौं । आज बजारमा स्मार्ट क्यूआर बजारमै छ । हामीले थुपै मर्चेन्टहरुसँग मिलेर काम गरिरहेका छौं । आजको दिनमा हामीसँग करिब डेढ लाख भन्दा बढी ग्राहकहरु छन ।

हामी एउटा प्याल्टफर्म बनाउँने भएकोले पनि हामीले सिधै ग्राहकलाई क्यूआर दिन सक्दैनौ । यो प्याल्टफर्ममा बैंक तथा वालेट प्रयोगकर्ताहरु पेमेन्ट गर्न सक्ने बनाएका छौँ । अहिले नेपालमा झन्डै २७ ओटा पिएसपी लाइसेन्स होल्डरहरु छन् । हामीले झन्डै १० वटासँग सहकार्य गरिसकेका छौं । सबै वालेटले सिधै क्यूआर पेमेन्ट गर्न सक्ने बनाएका छौँ  । 

तपाईहरुले बजारमा ल्याउन लाग्नुभएको सहकारी कुप कार्डको विषयमा बताइदिनुस न ? 

सहकारीहरुले ग्रामिण क्षेत्रमा आफ्नो कारोबारहरु बढाउँदै लगिरहेको छन् । तर सोही अनुसार त्यस क्षेत्रमा डिजिटल कारोबार पहुँच पुग्न सकेको छैन । यी क्षेत्रहरुलाई कसरी डिजिटल कारोबारमा ल्याउँने त ? त्यसैले बैंकमा मात्र हुँदैन अब हामी सहकारीहरुलाई पनि यो अवस्थामा ल्याउँनुपर्छ, भन्ने हाम्रो सोचले हामीले सहकारीहरुलाई पनि कार्ड दिन थाल्यौँ । हामीले झन्डै एक लाख कार्डहरु ८०/९० ओटा सहकारीहरु बाट हामीले वितरण गरिसकेका छौँ । हामीले सहकारीलाई सिमित लगानीमा कुप कार्ड दिनसक्ने वातावरण बनाएका छौँ । कुप कार्ड भनेपछि अन्तराष्ट्रिय स्तरलाई समेट्छ । त्यसैले सबै सहकारीहरुले एउटै लोगो, एउटै डिजाईनको कार्ड जारी भएको छ ।

यसमा आफ्नो ग्राहक तथा सहकारीको नाम पनि लेख्न पाईन्छ । यसले गर्दा सहकारीहरुका ग्राहकले पनि नेपालको जुनसुकै ठाउँबाट पनि पैसा निकाल्न सक्नेछ । यसले गर्दा ग्राहकहरुले सानो–सानो कारोबारका लागि बैंक शाखामै जानु पर्दैन भन्ने हेतुले हामीले कुप कार्डको कन्सेप्ट डिजाईन गरेका हौँ । अहिले ७० भन्दा बढी सहकाहरुरीले उक्त कार्ड प्रयोग गर्न थालिसकेका छन भने अरु १ लाख कार्ड हामीले १ वर्ष भित्रै बांड्ने योजनामा छौँ ।

सरकारीहरु ग्रामिण भेगमा छन् । ग्रामीण भेगमा बित्तिय ज्ञान नै छैन । वित्तिय ज्ञान नभएको ठाउँमा त्यहाँका स्थानियहरुले  डिजिटल प्रोडक्ट कसरी प्रयाग गर्ने ? यसमा तपाईहरुको योजना के छ ?

जुन सहकारीहरुसँग हामीले सहकार्य गरिरहेका छौं, उहाँहरु ग्रामीण भेगमै हुनुहुन्छ । त्यसैले हामीले उहाँहरु मार्फत जागरण कार्यक्रम गर्छौँ । सहकारीहरुकै माध्यमबाट हामीले गाउँ–गाउँमा शिक्षा पनि दिन्छौँ । सहकारीहरुले पनि गाँउ–गाँउमा एटिएमहरु राख्न लागिसकेका छन् । अहिलेका ग्राहकहरुले एटिएम प्रयोग गर्न सक्छन भन्ने हाम्रो आधार के हो भन्दा त्यहाँ नेपाली भाषाको पनि प्रयोग भएको छ । सबै स्कृनमा नेपाली भाषा भएपछि उनीहरुले सजिलै त्यसको प्रयोग गर्न सक्ने भए ।सहकारी मार्फत नै हामीले उहाँहरुको शिक्षामा पनि ध्यान दिएका छौँ ।

\"\"

स्मार्ट च्वाईस टेक्नोलोजीको अबको बाटो कतातिर हो ? यसको अबको रणनीति के छ ? 

स्मार्ट च्वाईस टेक्नोलोजी अवस्य पनि भुक्तानीको क्षेत्रमा नै बसेर काम गर्ने हो । तर हाम्रो लक्ष्य के भने अहिले डिजिटल भुक्तानीमा जतिपनि विकल्पहरु छन्, कार्डवाला, मोवाईल होला, क्यूआर होला अथवा अनलाईन क्षेत्रबाट कारोबार गर्ने, यी सबै  सुबिधा लिनको लागि ‘मल्टीपल सभिर्स प्रोभाइडर’ कहाँ जान नपरोस एउटैले सबै सेवा दिन सकोस भन्ने हाम्रो मुख्य उद्देश्य छ । अर्काे कुरा भनेको अल्टरनेट च्यानलको हो ।  नगद नबोकी हिड्ने तर तपाईसँग भएको पेमेन्टले काम गरेन भने तपाई त फेरी प्यारालाईज हुनुहुन्छ । कार्ड लिएर भारत गयो तर पैसा निस्केन भने के गर्ने ? त्यसैले एउटा मात्र प्रोडक्टमा भर पर्नु हुँदैन अरु पनि प्रोडक्ट पनि प्रगोग गर्नुपर्छ ।
\"\"
हामीले पनि बैंकहरुलाई पनि दुइवटा प्रोडक्टहरु प्रयोग गर्नुपर्छ भनेका छौँ । जसरी बैंकहरुले पहिला बचत खाता मात्र भन्थ्यो अहिले कति थरीको बचत खाता छन । क्षेत्र अनुसारको प्रोडक्ट निकालेको जस्तै हो । भोली हामी डिजिटल कारोबार गर्ने भएपछि कुनै पनि अवस्थामा भुक्तान हुनुपर्ने हुन्छ । टेक्नोलोजी हो १०० प्रतिशत ग्यारेन्टी त हुँदैन । कहिले नेटवर्कको समस्या हुनसक्छ कहिले के को समस्या आउँन सक्छ । त्यसैले हामीले मल्टीपल  प्रोडक्टहरु ग्राहकहरुलाई दिनुपर्छ । हामी यसकै अभिवृद्धिमा लागेका छौँ ।  

आगामी मौद्धिक नीतिमा डिजिटल भुक्तानी सम्बन्धी तपाईहरुको मागहरु के–के छन् ?

डिजिटल पेमेन्टमा अझै धेरै कामहरु गर्न बाँकी नै छन । नेपालमा यति धेरै डिजिटल कारोबार बढेपनि डिजिपी को हिसाबले निकै न्यून हो । अझै कति मानिसहरु छन्, जसलाई डिजिटल कारोबारको बारेमा जानकारी नै छैन । मेरो पैसा कहीँ कतै हराइहाल्छ कि भन्ने चिन्ता अझै आम मानिसहरुमा छ । तर त्यो भन्दा–भन्दै नेपाललाई डिजिटलको क्षेत्रमा अघि ल्याउँने हो भने अथवा नगद कारोबारलाई हटाउँदै जाने हो भने नितिगत सुधार आवश्यक छ । त्यसको लागि हामीले के गर्नु पर्छ त भन्दा डिजिटल पेमेन्टलाई अहिलेको ठाउँमा बाध्यात्मक बनाउँन सकिन्छ ।

\"\"
जस्तै, स्कुल, सरकारी अफिस,कर बुझाउने देखि लिएर सबै ठाउँमा हामीले त्यसरी डिजिटल भुक्तानीका माध्यामहरु सिर्जना गर्न सक्छौँ । यो विस्तारै बढ्दै जान्छ । अहिले शिक्षित मान्छेहरु भएको क्षेत्रमा बाध्यात्मक गर्दै जाउँ । यस काम गर्नको लािग सरकारको क्षेत्रबाट बाध्यात्मक गर्नुपर्छ । अर्काे तरिका भनेको नेपालमा हाल पेमेन्ट सर्भिस अपरेटर धेरै भईसकेका छन । त्यो ठाउँमा एक अर्काेको समन्वयन हुनुपर्छ । यस्तै अन्तरबैंक कारोबार गर्दा एउटा बैंकको कार्ड अर्काे बैंकमा चल्दा बिदेश घुमेर आउँनुपर्ने अवस्था छ । त्यस प्रकारको काम रोकिदिनु पर्याे । त्यो भयो भने, नेपालको कारोबार तथा जानकारी बाहिर पठाउँन परेन । यो प्रकारको काम भएको खण्डमा देशलाई बढी फाईदा हुन्छ ।