बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो एक दशकमा शिक्षाको नाममा विदेशिने रकम तीन खर्ब रूपैयाँभन्दा बढी भइसकेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको दस महिनामा मात्रै ५१ अर्ब ३३ करोड रूपैयाँ बाहिरिएको छ। अघिल्लो दस वर्षको रकममा यो दस महिनाको समेत जोड्दा तीन खर्ब रूपैयाँभन्दा धेरै बाहिरिएको देखिन्छ।
स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि विदेश जानु ठिकै हो। तर सोभन्दा कम तहको शिक्षा दिन यहीँका विद्यालयहरु सक्षम छन । अहिलेको यो विदेशिने प्रवृत्तिले मुलुकलाई कुनै हित नै गर्दैन । नेपाललाई कुनै पनि हित गर्दैन।’
पछिल्लो समय मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गइरहेको र शिक्षा लिनकै लागि बाहिरिने रकम रोक्न यसमा कडाइ गर्नुपर्ने तर्क समेत सरोकारवालाले गरिरहेका छन ।
अर्थविद् डाक्टर चन्द्रमणि अधिकारी यसरी रकम बाहिरिनु हाम्रो अर्थतन्त्रका लागि उचित नहुने बताउँछन । उनी भन्छन, स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि विदेश जानु ठिकै हो। तर सोभन्दा कम तहको शिक्षा दिन यहीँका विद्यालयहरु सक्षम छन । अहिलेको यो विदेशिने प्रवृत्तिले मुलुकलाई कुनै हित नै गर्दैन । नेपाललाई कुनै पनि हित गर्दैन।’
अर्कातिर मुलुकमा मदिरा वा चुरोट लगायतको आयातमा मात्र वार्षिक अर्बौं रूपैयाँ बाहिरिरहेको भन्दै शिक्षामा रोक लगाउनु सही नहुने डा. अधिकारी बताउँछन । उनी भन्छन, ‘किसानलाई मल, बीउ र पानी दिन सकिएको छैन। राष्ट्रिय स्रोतको चरम दुरुपयोग भएको छ। राज्यको फजुल खर्च बढेर गएको छ। प्रशासन भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। हिजो चुरोट र चिया अनि घिउ कोसेलीबाट सुरु भएको भ्रष्टाचारको अंक ठूलो हुँदै गएर अर्बमा पुगेको छ । यी सबै विषयहरुलाई रोक्न र यसको दिर्घकालिन समाधानको लागि नेपालको शिक्षा प्रणालिमै सुधार गर्नुपर्दछ ।’
नेपालका विश्वविद्यालयहरुमा अन्तराष्ट्रिय स्तरको शिक्षा नभएको तर्क
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार एक दशकमा करिब ४ लाख विद्यार्थीले विदेश जान आवश्यक ‘नो अब्जेक्सन’ पत्र लिएका छन्। यसरी जानेहरू जापान, अस्ट्रेलिया, कोरिया, चीन, अमेरिका, साइप्रस लगायत पुगेका छन्। पछिल्लो समय धेरैजसो विद्यार्थी अस्ट्रेलिया, अमेरिका जस्ता मुलुक गएर नफर्किने र यहाँको सम्पत्तिसमेत बिक्री गरेर उतै बस्ने परिपाटी मौलाएको छ। यसले पुँजी पलायनको समस्या समेत देखिने गरेको छ।
अर्थविद् डाक्टर रघुविर विष्टले यहाँको शिक्षा गुणस्तरमा सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘ उत्पादनमुखी अर्थतन्त्र र बजार अनुकुलको शिक्षा नभएका कारणले विद्यार्थीहरु विदेश पलायन भएका हुन । यसलाई रोक्न स्वदेशी विद्यालय र विश्वविद्यालयको शैक्षिक स्तरमा ठुलो परिवर्तन ल्याउनुपर्छ ।’ बजारले कस्तो खालको मानव संसाधन खोजेको छ ? कस्तो खालको शिक्षाले बजारमा रोजगारी सिर्जना गर्न सकिन्छ ? भन्नेतर्फ हामी नलागेका कारणले विद्यार्थीहरु पनि विदेश पलायन भइरहेको उनको तर्क छ । यसको समाधानको लागि राज्य तथा सरकारी निकायहरुले नितिगत व्यवस्थामा ब्यापक हेरफेर र सुधार ल्याउनुपर्ने उनले बताए ।
पुँजी पलायन लगायतका समस्याका बाबजुद नेपालले यसरी पढ्न भनेर विदेश जान चाहनेलाई रोक्न सक्ने अवस्था नहुने राष्ट्र बैंक बताउँछ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ को सदस्य राष्ट्रहरूले गर्ने एक सम्झौता ‘आर्टिकल ८’ ले हाल भइरहेको अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी वा ट्रान्सफर रोक्न नपाइने व्यवस्था गरेको छ । यसको कारणले पनि यसलाई ठप्प पार्न नसकिने राष्ट्र बैंककै तर्क छ ।
उत्पादनमुखी अर्थतन्त्र र बजार अनुकुलको शिक्षा नभएका कारणले विद्यार्थीहरु विदेश पलायन भएका हुन । यसलाई रोक्न स्वदेशी विद्यालय र विश्वविद्यालयको शैक्षिक स्तरमा ठुलो परिवर्तन ल्याउनुपर्छ ।’
अर्थविद्ध विष्ट भन्छन, ‘विदेश जानै रोक्न नसकिए पनि यसरी गएकाहरूलाई वा उनीहरूको कमाइलाई मुलुक भित्र्याउन भने राज्यले पहल गर्नुपर्छ । उनीहरूको शरीर, सीप, प्रविधि वा पैसा कुनै न कुनै कुरा भने भित्र्याउन सक्नुपर्छ ।’ विकास निर्माणका लागि पुँजी अभावको समस्या रहिरहेकाले यसरी विदेशिएकालाई कम्तीमा १५ देखि २० प्रतिशतसम्म प्रतिफल दिने कार्यक्रम ल्याउनुपर्ने अर्थविद्ध डा. चन्द्रमणि अधिकारीको धारणा छ।
२४ अर्ब बाहिरिँदा १ अर्ब भित्रियो
खासमा भन्दा विदेश जाने पढ्न जाने विद्यार्थीको यतीबेला लार्को लागेको छ । देशका अधिकांश कन्सलटेन्सीहरु विद्यार्थीहरुले भरीभराउ छन । ठुलो संख्यामा नेपाली विद्यार्थीहरु विदेश गएपनि नेपालमा आउने विदेशी विद्यार्थीहरुको संख्या शुन्यमै भेटिन्छ । नेपालमा विदेशी विद्यार्थीको आगमनभन्दा नेपाली विद्यार्थीको बहिर्गमन बढी भएकाले स्वाभाविक रूपमा ठूलो मात्रामा नेपाली मुद्रा विदेशिइरहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अध्ययन शीर्षकमा आर्थिक वर्ष ०७७/७८ मा २४ अर्ब ९६ करोड रकम बाहिरिँदा नेपालमा भने १ अर्ब ४ करोड मात्र भित्रिएको छ । नेपालका लागि २३ अर्ब नोक्सानी भएको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया