काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान समय विस्तार गर्दै आगामी माघको पहिलो हप्ताबाट १६ घण्टा सञ्चालन हुने भएको छ। गत कात्तिक २३ देखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको थियो ।
निर्माण कार्यको गति बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द हुने अवधि कम गरिएको बताएको छ । यसलाई अझै घटाउँदै लैजाने जनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्माण कार्यको गति तिव्र भएकाले उडान समय बढाउन सम्भव भएको हो। हाल विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएकोमा आगामी माघको पहिलो हप्तादेखि बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ।
प्रतिक्रिया